टेलिभिजन प्रस्तोता रवि लामिछानेले कम्तिमा पनि पाँच दिन प्रहरी हिरासतमा बिताउनुपर्ने भएको छ । यही आरोपमा हिरासतमा रहेका रविका सहकर्मी युवराज कँडेल र नर्स अस्मिता कार्की पनि पाँचै दिन हिरासतमा रहने छन् ।
जिल्ला अदालत चितवनले पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहन अभियोगमा अनुसन्धान लागि पक्राउ परेका उनीहरूको म्याद थप्ने निर्णय गरेपछि यस्तो अवस्था सर्जना भएको हो ।
पाँचदिनको म्याद सकिए पनि अनुसन्धान जारी रहेको र वयान नसकिएको भन्दै मंगलबार तीनै जनालाई म्याद थपका लागि अदालतमा पेश गरिएको थियो ।
पत्रकार पुडासैनीले आत्महत्या अघि रेकर्ड गरेको भनिएको भिडियोमा रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीमाथि आरोप लगाएका कारण उनीहरू गत विहीबार काठमाडोैंमा पक्राउ परेका हुन् ।
विहीबार राति नै चितवन पुर्याइएका उनीहरूमाथि अनुसन्धान जारी छ ।
प्रस्तोता रविका समर्थहरूले चितवनलगायत विभिन्न ठाउँमा उनको विना शर्त रिहाइको माग गर्दै प्रदर्शन गरिरहेका छन् ।