सञ्चारकर्मी शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा टिभी प्रस्तोता रवि लामिछानेसहित ३ जनालाई थप ५ दिन थुनामा राख्न म्याद थप भएको छ।
जिल्ला अदालत चितवनले मंगलबार लामिछानेसहित ३ जनालाई फेरि ५ दिन म्याद थपेर अनुसन्धान अघि बढाउन अनुमति दिएको हो।
अदालतले लामिछानेसहित पत्रकार युवराज कँडेल र अस्मिता कार्कीसँग सोमबार र मंगलबार गरी दुई दिन बयान लिएसँगै थप अनुसन्धान गर्नुपर्ने भन्दै म्याद थप गरेको हो ।
यसअघि साउन ३१ गते पनि उनीहरुलाई ५ दिन म्याद दिएर अनुसन्धान गर्न अनुमति दिएको थियो ।