रवि लामिछाने प्रकरण: सामाजिक संजालमा जथाभावी लेख्ने प्रहरीको निगरानीमा

बिएल
स‌चारकर्मी रवि लामिछाने पक्राउको विषयलाई लिएर प्रहरीलाई गाली गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं प्रहरी प्रमुख उत्तमराज सुवेदीविरुद्ध गालीगलौज गरेको आरोपमा प्रहरीले रिदम विसी भनिने शंकर विकलाई पक्राउ गरेको हो।
 
प्रहरीले उनलाई अछामको मंगलसेनबाट पक्राउ गरेर काठमाडौं ल्याएको छ। सामाजिक संजालमार्फत जथाभाबी प्रहरीलाई गाली गलौच गरेको देखिएपछि अनुसन्धानका लागी उनलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होमेन्द्र बोगटीले बताए। पक्राउ परेका विकले एसएसपी सुवेदीलाई ‘रवि लामिछाने दाइलाई फसाउने यो नै हो भ्रष्ट भन्दै फेसबुकमा स्टाटस लेखेका थिए।
 
 
याे पनि पढ्नुहाेस।  
पक्राउ परेका विकलाई विद्युतीय कारोबार ऐनअनुसार कारबाही प्रक्रिया अघि बढ्ने जनाइएको छ । पत्रकार शालिग्राम पुडासैनी आत्महत्या प्रकरणमा काठमाडौं प्रहरी परिसर, टेकु र जिल्ला प्रहरी कार्यालय, चितवनको टोलीले ३० साउनमा लामिछानेसहित युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई पक्राउ गरी चितवन पुर्याएको थियो।
 
हाल उनीहरुलाई अनुसन्धानका लागि प्रहरीले हिरासतमा राखेकाे छ। आत्महत्या गरेका पुडासैनीले तीन जना विरुद्ध डेथ डिक्लेलेशन दिएपछि उनीहरुलाई प्रहरीले हिरासतमा लिएकाे थियाे। 
 
याे पनि पढ्नुहाेस।
 
 
 
 
प्रकाशित मिति: : 2019-08-18 18:41:59

प्रतिकृया दिनुहोस्