प्यानक्रियाटिक क्यान्सरको उपचारमा बैज्ञानिकहरूले ठूलो उपलब्धी हासिल गरेका छन्।
बैज्ञानिकले पत्ता लगाएको नयाँ उपचार पद्दतिमा ‘एजेडडी १७७५’ औषधीको सहयोगले क्यान्सरको कारण हुने डिएनएलाई समाप्त गर्न सहयोग पुर्याउने तथ्य फेला पारेका छन्।
यसअघि रेडिएशन र किमोथेरापीको सहयोगले बिरामीको उपचार गर्ने गरिन्थ्यो। प्यानक्रियाटिक क्यान्सरको शिकार हुने ९ प्रतिशत मात्र बिरामी पाँच वर्ष बढी जीवित हुने गरेका थिए।
प्यानक्रियाटिक क्यान्सर सबैभन्दा गम्भीर मानिन्छ। यो रोग ६० वर्षमाथि उमेरका व्यक्तिलाई अत्याधिक हुने गरेको छ। उमेर बढ्दै गएपछि मानिसहरूको डिएनएमा क्यान्सर बनाउने ग्रन्थीको विकाश हुन्छ।
याे पनि पढ्नुहाेस।
धुम्रपान गर्ने व्यक्तिलाई क्यान्सर हुने सम्भावना दुईदेखि तीन गुणा बढी हुन्छ। महिलाको तुलनामा पुरुषलाई प्यानक्रियाटिक क्यान्सरको सम्भावना उच्च हुने गरेको चिकित्सकले बताएका छन्। रेड मिट र बोसोयुक्त भोजन गर्ने व्यक्तिलाई पनि प्यानक्रियाटिक क्यान्सर हुने सम्भावना उच्च रहन्छ।
प्यानक्रियाटिक क्यान्सरको लक्षण
–पेटको माथिको भागमा दुःखाईं।
–कमजोरी महसुस गर्नु। तौल घटनु।
–भोक लाग्न छोड्नु। शरीर चिलाउन थाल्नु। बान्ता हुनु।
–छाला, आँखा र पिसाबको रंग पहेंलो हुनु।
प्यानक्रियाटिक क्यान्सर हुनुको केही कारण
–बढी मोटो।
–बढी धुम्रपान सेवन।
– रेड मिट र बोसोयुक्त भोजन।
– जेनेटिक
– किटनाशक औषधीको फ्याक्ट्री र यसमा लामो समय काम गर्ने व्यक्ति।
सुरक्षित खानपीन
ताजा फलफुलको रस
ब्रोकाउली
अंगुर
एलोभेरा
सोयाबिन
लहसुन
याे पनि पढ्नुहाेस।