रवि लामिछाने पक्राउको बिरोध गर्दै प्रहरी कार्यालय घेराउ

पत्रकार सालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा प्रहरीले नियन्त्रणमा लिइएका टेलिभिजन प्रस्तोता रवि लामिछानको रिहाइको माग गर्दै जिल्ला प्रहरी कार्यालय चितवन अगाडि उनका समर्थकहरुले प्रदर्शन गरेका छन्। प्रहरीले रविलाई फसाउन खोजेको भन्दै बिहानै देखि उनका सर्मथकले बिरोध जनाएका हुन्।

पुडासैनीको आत्महत्या प्रकरणमा न्युज २४ टेलिभिजनमा कार्यरत लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्कीलाई काठमाडौंबाट पक्राउ गरेर बिहीबार मध्यराति चितवन लगिएको थियो ।

चितवन प्रहरीको हिरासतमा रहेका लामिछानेसहित तीनैजनालाई आज अदालतमा पेश गर्ने प्रहरीले जनाएको छ।

प्रकाशित मिति: : 2019-08-16 11:06:55

प्रतिकृया दिनुहोस्