रवि लामिछाने पक्राउ, अनुसन्धानका लागि चितवन लगिदै‌

बिएल
टेलिभिजन प्रस्ताेता रवि लामिछाने काठमाडाै‌मा पक्राउ परेका छन् । पत्रकार शालिगकराम पुडासैनीको आत्महत्या प्रकरणमा आवश्यक अनुसन्धानको लागि नियन्त्रणमा लिइएका उनलाई घटनास्थल चितवनतिर लगिएकाे छ।
 
उनलाई जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले नियन्त्रणमा लिएको हो । साउन २० गते राति नारायणगढस्थित पोखरा बसपार्कमा रहेको होटल शालिग्रामको २०२ नम्वर कोठामा सञ्चारकर्मी शालिकराम पुडासैनी मृत अवस्था फेला परेका थिए।
 
मृतकको मोबाइलमा रहेको भिडियो बाहिरिएपछि प्रहरीले रविलाई नियन्त्रणमा लिएको हो । यही भिडियोमा आरोपित अस्मिता कार्की र युवराज कंडेललाई पनि प्रहरीले पक्राउ गरी चिचवन लगिसकेको बताइएको छ । 
 
 
याे पनि हेर्नुहाेस।
 
 
बुधवार सार्वजनिक भिडियोमा मृतक शालिकरामले रवि दाइ, मलाई मर्न बाध्य बनाएकोमा तपाईंहरूलाई पाप लाग्छ। केही केही दीनदुःखीको उद्धार पनि गर्नुभयो, तर अरुको प्रगति देख्न सक्नुभएन । दुनियाँलाई थर्काउनुभयो, ढिलोचाँडो दुनियाँले तपाईंको असली रुप देख्नेछ । मसँग प्रमाण छ, आज नभए पनि भोलि तपाईंको पापको घडा भरिन्छ।‘ भन्दै रुदै भिडियोमा भनेका थिए।
 
पत्रकार सालिकराम दुई महिना अगाडिसम्म रवि लामिछानेले न्यजु २४ बाट प्रस्तुत गर्ने जनतासँग सिधा कुरामा कार्यरत थिए । पछिल्लाे समय उनी माउन्टेन टेलिभिजनमा ‘मिसन न्युज’ कार्यक्रम सञ्चालन गर्दै आएका थिए। 
 
नुवाकोटको बेलकोटगढी नगरपालिका ३ घर भएका २७ वर्षीय शालिकरामको मृत्युलाई रहस्यमय रूपमा हेरिएको छ। शालिकरामले भने मर्नुअघि रवि लामिछानेलगायत टिमले एक युवती लगाएर आफूलाई आत्महत्या गर्ने अवस्था सिर्जना गरेको आरोप लगाएका थिए । तर रविले भने घटनामा आफ्नो कुनै पनि संलग्नता नभएको र भएको प्रमाणित भएमा हदैसम्मको कारबाहीको माग गर्दै आएका छन् ।
 
नेपालमा आत्महत्या गर्न प्राेत्साहन गर्ने र आत्महत्या गर्नुपर्ने परिस्थिति सिर्जना गर्नेलाई पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ। 
 
याे पनि पढ्नुहाेस।
 
प्रकाशित मिति: : 2019-08-15 20:49:34

प्रतिकृया दिनुहोस्