काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथेरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा आगलागी भएको छ।
सोमबार साँझ अस्पताल प्रमुख तथा विभागीय प्रमुखहरुको कोठाबाट सुरू भएको आगो सेन्टरको चौथो र पाँचौं तलामा फैलिएको अस्पताल प्रशासनले जनाएको छ।
आगालागी भएको केही समयमै काठमाडौं महानगरपालिकाका तीन दमकलले आगो नियन्त्रणमा लिएको महाराजगञ्ज प्रहरीले जनाएको छ।
विद्युत सर्ट भएर आगलागी भएको बताइएको छ । यद्यपि, आगालागी र क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।