यसरी फेला परे ३० वर्षिया अञ्जु श्रेष्ठका हत्यारा

तस्बिरः बिएल

महोत्तरीको गौशाला नगरपालिका १० भरतपुरकी  ३० वर्षीया अन्जु श्रेष्ठका हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले  गौशाला नगरपालिका ८ का ३६ वर्षीय राजकिशोर गिरी र  २ का ४१ वर्षिय दशै ठाकुरलाई पक्राउ गरेको छ।

अनुसन्धानको क्रममा मृतक श्रेष्ठले बोक्दै आएको मोवाईलको आईएमईआईका आधारमा उनलाई प्रहरीले घरबाटै आईतबार पक्राउ गर्न सफल भएका हो।

प्रहरीले उनीहरुको साथबाट हत्यामा प्रयोग गरिएका  मोबाइल तथा एक थान चक्कु बरामद गरेको छ।

हतियार प्रहार गरि फरार भएको समूहले मृतक श्रेष्ठले बोक्दै आएको मोवाईल समेत लुटेका थिए।

एसपी श्याम कृष्ण अधिकारीअनुसार आरोपीलाई जिल्ला अदालतबाट एक हप्ताको म्याद थप गरि अनुसन्धान अगाडि बढाईएको बताए

अन्जु श्रेष्ठको  असार ५ गते राति धारिलो हतियार प्रहार गरी हत्या भएको हो। बायाँ छातिमा गहिरो घाउ लागेको श्रेष्ठको अञ्चल अस्पताल जनकपुरतर्फ लाँदै गर्दा मृत्यु भएको हो।

पति ईश्वर श्रेष्ठले सिन्धुलीमा अर्को बिहे गरेपछि उनी एकल बस्दै आएको स्थानीयको भनाई छ। लोग्नेसँगको मनोमालिन्यपछि ५/७ वर्षदेखि उनी दुई छोराछोरीसाथ बुवा विष्णु श्रेष्ठको घरमै बस्दै आएकी थिइन्।

प्रहरीले अन्जु श्रेष्ठका हत्याकाण्डका आरोपीलाइृ पक्राउ गर्न सफल भएपनि जिल्ला प्रहरी कार्यालय महोतरीले विभिन्न समयमा भएका एक दर्जन ठूला घटनाका दोषीलाइ अहिलेसम्म पत्ता लगाउन सकेको छैन।

जिल्लामा आपराधिक घटना हुँदा पनि प्रहरी प्रशासनको अनुसन्धान फितलो भएको र शान्ति सुरक्षामा गम्भीरता नदेखाएका कारण ती सबै घटनाका दोषीको प्रहरीले अहिलेसम्म पत्ता लगाउन सकेको छैन।

विशेष अनुसन्धान टोली गठन गरी अनुसन्धान भइरहेको प्रहरीले बताउँदै आएको छ। तर, अहिलेसम्म कुनै उपलब्धि हात पर्ने सकेको छैन।

स्थानीय प्रहरी, प्रदेश प्रहरी, प्रहरीको केन्द्रीय कार्यालय र अपराध अनुसन्धान विभागबाट पटकपटक टोली पुगरे घटनाबारे अनुसन्धान गयो। तर,  घटनामा संलग्नबारे केही पत्तो लगाएन। तर, घटनाको वास्तविकता प्रहरीले बाहिर ल्याउन सकेको छैन भने प्रहरीले दोषिको पहिचान गर्न सकेको छैन।

प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले घटनाको सुक्ष्म र सघन अनुसन्धान भइरहेको बताए। दोषि धेरैबेर उम्किन पाउने छैन उनले भने प्रहरीले छिट्टै नियन्त्रणमा लिनेछ।

प्रकाशित मिति: : 2019-08-12 13:21:00

प्रतिकृया दिनुहोस्