उपचार गराउन आएकी बालिकालाई यौनजन्य कार्य गर्ने डाक्टर पक्राउ

तस्बिरः एजेन्सी

बालिकालाई यौनजन्य कार्य गरेको अभियोगमा प्रहरीले ललितपुरबाट एक जना डाक्टरलाई पक्राउ गरेको छ।

आँखा अस्पताल त्रिपुरेश्वरका रिटायर्ड डाक्टर मोनमोन लाल श्रेष्ठले उपचार गर्न आएकी बालिकालाई यौनजन्य कार्य गरेको उजुरीपछि प्रहरीले उनलाई केही दिनअघि पक्राउ गरेको हो।

पक्राउ परेका डाक्टरलाई महानगरीय प्रहरी परिसर ललितपुरमा राखि अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार डाक्टर श्रेष्ठले ललितपुरको कुपण्डोलमा क्लिनीक चलाउँदै आएका छन्। क्लिनीकमा उपचार गराउन आएकी बालिकालाई यौनजन्य कार्य गरेपछि उनलाई पक्राउ गरिएको हो।

प्रकाशित मिति: : 2019-08-11 14:16:04

प्रतिकृया दिनुहोस्