एक महिनाअघि मोरङको रंगेली नगरपालिका ९ मा भएको बलात्कार जस्तो जघन्य अपराधलाई मिलाउन खटिएका गाउँका १० अगुवामध्ये ७ लाई प्रहरीले पक्राउ गरेको छ।
रंगेलीको सखुवाथानमा असार २० मा मानसिक रूपमा अशक्त एक किशोरीलाई स्थानीय ३ जना मिलेर सामूहिक बलात्कार गरेका थिए। बलात्कारपछि मुद्धा मिलाउन गाउँकै १० अगुवा मिलेर पीडित किशोरीका परिवारलाई डेढ लाख दिने सम्झौंतासहित कागजपत्र गराएर उजुरी नगर्न दबाव दिएका थिए।
घटना सार्वजनिक भएलगत्तै गाउँका १० अगुवा फरार भएका थिए।
प्रहरीले स्थानीय अभिनय वजगाई, दिलिप कुमार मुर्मु, सुभाष राजबंशी, रामबहादुर राजबंशी, हेमलाल राजबंशी, शेखर गौतम र चित्रसेन राजबंशीलाई बिहीबार पक्राउ गरेको हो।
याे पनि पढ्नुहाेस।
उनीहरुलाई शुक्रबार पत्रकार सम्मेलन गरि सार्वजनिक गरियो। सामुहिक बलात्कार गर्ने २५ वर्षीय रोमन मगर र २४ वर्षीय प्रिन्स अधिकारीलाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको छ। एकजनालाई भने पक्राउ गर्न बाँकी छ।
बलात्कार काण्ड मिलाउन खोज्ने गणेशप्रसाद दाहाल, रेवतबहादुर काफ्ले र चेतबहादुर मगर पनि अझैसम्म फरार रहेको ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक लेखनाथ दाहालले बताए।
याे पनि पढ्नुहाेस।