बिहिबार काठमाडौंमा सामुहिक बलत्कारमा परेकी एक किशोरीलाई अपहरणको प्रयास गरिएको छ ।
क्याम्पसबाट फर्कर्दै गरेकी किशोरीलाई बलत्कारीका दाजु र बुवाले कलंकीमा अपहरण गर्न खोज्दा निर्मलाले कराँतेको स्लिप किक हानेर आफू भाग्न सफल भएको बताइन्।
बलात्कारपछि गाँउमा अनेकथरि कुरा काट्ने र मानिसक अवस्था पनि बिग्रदै गएपछि एक वर्षदेखि निर्मला रक्षा नेपालको आश्रयमा बस्दै आएकी थिइन्।
२०७४ साल भदौ २८ गते महिनावारी भएको बेला १४ वर्षिया निर्मलालाई अपहरण गरि खम्बामा बाँधेर बलात्कार गरेका थिए।
गणेश खत्री, सन्दीप जोशी र राम खाणले ट्वाइलेट गइरहेको मौका छोपी बाँधेर बलात्कार गरेका थिए।
मुख्य आरोपी गणेश खत्रीलाई अदालतले दुई वर्ष जेल सजाय सुनायो भने राम खाण १ वर्षको जेल सजाय भोगेर निस्किसकेका छन्।
बलत्कारको आरोप लागेका संदीप जोशीलाई भने अदालतले त्यसै छोडेको थियो। १४ वर्षिया निर्मलाका बुवा भारतमा मजदुरी गर्न गएको बेला किशोरी घरमा आमा,भाइ र दाजुसँगै बस्दै आएकी थिइन्।
बलात्कार पछि उनलाई अस्पताल पुर्याए पनि अस्पतालले गलत रिपोर्ट निकालेका कारण अपराधीको आँट अझै बढेको परिवारको भनाइ छ।
रक्षा नेपालको आश्रयमा बस्दै आएकी निर्मलाको अवस्था अहिले बिस्तारै सुध्रदै आएको थियो। यसरी आक्रमणमा पर्दा अब क्याम्पस पठाउनसमेत गाह्रो भएको रक्षा नेपालकी अध्यक्ष मेनुका थापाले बताइन्।
रक्षा नेपालमा आफू जस्तै अरू किशोरीलाई देखेर उनको अवस्था निकै सुधार आएको थियो। रक्षा नेपालमा आश्रीत छोरीलाई यस्तै घटनालाई मध्यनजरमा गरेर आत्म सुरक्षाका लागि कराँते, तेकान्दोको तालिम दिइने गरिएको छ।
कञ्चनपुरकै निर्मला पन्तको बलात्कार पछि हत्या भएको एक वर्ष पुग्दा पनि अहिलेसम्म बलात्कारी पत्ता नलागेको अवस्थामा जिउँदो निर्मलाको लागि कोही पनि नबोलेको उनकी दिदी लक्ष्मीले आक्रोश पोखिन्।
उनले बलात्कारको पीडामा रहेकी बहिनीलाई उल्टै गाँउमा छिछि र दुरदुर गर्दा मानसिक रूपले बिछिप्त हुँदा हामीले काठमाडौं पुर्यायौं। तर, यहाँ आएर पनि गणेश खत्री (बलत्कारी) का बुवा र दाजुले अपहरण गर्न खोज्दा अब कहाँ गएर बहिनी सुरक्षीत हुन्छ भन्दै पिडा पोखेकी थिइन्।