सर्लाहीबाट काठमाडौं आउँदै गरेको बस त्रिशूलीमा खस्यो, तीन जनाको मृत्यु

तस्बिरः बिएल

सर्लाहीबाट काठमाडौंका लागि छुटेको रात्रि बस धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं ३ सलाङघाटस्थित त्रिशुली नदिमा बस खस्दाँ तीन जनाको मृत्यु भएको छ।

सर्लाहीको मलङगाबाट काठमाडौंतर्फ आउँदै गरेको ना ६ ख ७४६९ नम्बरको यात्रुबाहक बस शुक्रबार बिहान ३:३० बजेको समयमा त्रिशूली नदिमा खसेको  प्रहरीले जानकारी दिएको छ।

प्रहरी उपरीक्षक राजकुमार बैदवारका अनुसार बसमा कति यात्रु थिए भन्ने यकिन हुन सकेको छैन। 

नेपाली सेना, शसस्त्र प्रहरीको टोली उद्धारमा खटिएका छन्। अफ्ठ्यारो ठाउँ र अध्याँरो भएका कारण उद्धारमा कठिनाई भएको प्रबैदवारले जानकारी दिए।

बस आधा पानीमै डुबेको छ। अप्ठ्यारो स्थानमा दुर्घटना भएकोले सुरक्षा निकाय र स्थानीयवासीहरुको सहयोगमा ३ जनाको शव निकालिएको छ ।

चालकसहित १२ जनाको जिवितै उद्धार गरिएको पवैदारले बताए। मृतकहरु मध्ये २ जनाको मात्रै सनाखत भएको छ। सर्लाहीका ३५ वर्षीय अजय दास र विजयकुमारको मात्रै शव पहिचान भएको प्रहरीले जनाएको छ।

उद्धार गरिएका सर्लाही हरिवनका बसचालक जीवन विककाे अवस्था गम्भीर छ। बसका कण्डकटर ऋषि उप्रेती रसहचालकप्रमाेद कुँवरकाे पनि उद्धार गरिएकाे छ।

उद्धार गरिएका घाइतेहरुलाई स्थानीय मलेखुस्थित सामुदायिक अस्पताल र गजुरी अस्पतालमा प्राथमिक उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: : 2019-08-09 07:46:49

प्रतिकृया दिनुहोस्