रमण महर्जन (४७) नेपालमा बाँसुरी बादनमा निकै लोकप्रिय कलाकार हुन्। उनको बाँसुरी दुनियाँमा रमाउन थालेको ३४ वर्ष भइसक्यो।
सानैदेखि प्रकृति र बाँसुरी भनेपछि हुरूक्कै हुने रमणलाई देखेर परिवार चिन्तित हुन्थ्यो। भन्निछ नि, व्यक्तिले जे चाहन्छ, त्यही इच्छित वस्तुमाथि विश्वासका साथ लगातार चिन्तन गर्छ भने उसले त्यही पाउँछ।
अहिले रमण महर्जनको आफ्नै म्यूजिक हाउस अर्थात संगीत घर कीर्तिपुरमा छ। रमण स्थानीय बासिन्दा हुन्। छिमेकीलाई संगीतको धुनले डिस्टर्भ हुन्छ भनेर ४ वर्ष अघि एकान्तमा घर बनाए। जसलाइ म्यूजिक हाउस नाम दिए। अहिले यिनी बस्ने ठाँउमै घना बस्ती भइसक्यो।
यो संगीत घरमा तीन जना बस्छन् । रमण महर्जन यहाँ मादल, हारमुनियम, सिङ्गीङ बल, भायोलिन बजाउँछन् बासुरीका त उनी मास्टरनै हुन्।
उनी धेरै बालबालिका गुरू पनि हुन्। यिनकी श्रीमती शिलकुमारी महर्जन नृत्य सिकाउँछिन्। उनीहरूकोमा महिला, किशोरी र साना बालबालिका डान्स सिक्न आउँछन्।
स्वर्णिम महर्जन उनीहरूका छोरा हुन्। जो अहिले २१ वर्षका भए। उनी युट्यूवका लिटिल फ्यूस्ट मास्टर हुन्। बुवा रमणबाट बासुरी सिकेका उनले युट्यूव च्यानलबाट सिल्भर प्ले गेमसहित पुरस्कृत भइसकेका छन्।
यो संगीत घरमा बिहान उठेदेखि राति ननिदाउञ्जेल तिनै जनाको सांगीतिक क्रियाकलाप हुन्छ। रमण टिपिकल नेवारी समुदायमा जन्मिए र हुर्किएका हुन्। उनी प्रकृति र संगीत भनेपछि सानैदेखि हुरूक्कै हुने हुन्थ्ये।
एक दिन रमणलाई आफ्नै छिमेकीको घरमा बस्ने एउटा बिरानो मान्छेको बाँसुरीको धुनले तानेर त्यो कोठासम्म पुर्यायो।
रमणले मागेर भए पनि त्यो बाँसुरी बजाए। त्यसपछि ती बिरानो मान्छे को थिए? कहाँ गए उनलाई थाहा छैन।
त्यो दिनदेखि बाँसुरी कहिल्यै पनि उनको हातबाट छुटेन।
सम्झदै गर्दा त रमणलाई बासुरीसँग साइनो गासेको ३४ वर्षभन्दा बढी भइसकेछ।
संगीतप्रति पागल झै लागेको देख्दा उनलाई परिवारले खासै मन पराएको थिएन। तर, यीनको संगीतप्रतिको विश्वास कहिल्यै डगमगाएन।
विभिन व्याण्डमा बाँसुरी नै बजाए। स्कुलमा बाँसुरी सिकाए। संगीतको धुनमा रमाउँदा रमाउँदै रमणको २४ वर्षअघि शीलकुमारीसँग भेटभयो।
बाँसुरीको संगीतकै बिचमा कहिले प्रेमको संगीत बज्यो उनीहरूले पत्तै पाएनन्। र विवाह भयो। शिल कुमारी चरिया डान्स अर्थात क्लासिक डान्स, नेवारी डान्स सिकाउँछिन्।
बासुरीकै धुनसँगै रमणले देशविदेश घुमिसकेका छन्। सामाजिक सञ्जालद्वारा संगीतको धुनलाई विश्व माँझ पुर्याएका छन्।
संगीत एक किसिमको शारीरिक र मानसिक थेरापी पनि हो। यसलाई बुझ्नेको यीनको घरमा स्वदेशी होस् वा विदेशीको धेरै आवतजावत हुन्छ।
यिनीले भूकम्प आएको बेला मानसिक पीडा कम गर्नकै निमित्त संगीतका विभिन्न कार्यक्रम गरे। अहिले २० जना विद्यार्थीलाई निःशुल्क संगीतमा बाध्य बादन सिकाइरहेका छन्।
संगीतलाई साधना बनाउँदै उनीहरूले समाज सेवा पनि गर्छन्। संगीतको साधनाले यिनको कर्म बुझ्यो। आफ्नै कर्मले गर्दा होला यीनले आफ्नो संगीत घर बनाएका हुन्।
संगीतद्वारा थेरापी पनि हुन्छ भन्ने बुझेपछि स्पेनमा साउण्ड थेरापी सिकेर अहिले निःशुल्क थेरापी पनि गर्छन्।
कहिलेकाँही आफूले बजाएको धुन बिना कपिराइट बजाउँदा चित्त पनि दुख्ने गरेको गुनासो गरे।
संगीतको साधनाले जीवन जिउन सिकाएको छ । सन्तृष्ट हुन सिकाएको छ। त्यसैले अब उनको सपना संगीत घरमा लाइभ संगीतका लागि स्टुडियो बनाउने हो। उनी यसकै तयारीमा लागेका छन्।