वीरगन्जमा गोली चल्यो

फाइल तस्बिर

वीरगन्जको भवानीपुरमा गोली चलेको छ।

वीरगन्ज महानगरपालिका-१८ भवानीपुरमा मङ्गलबार दिउँसो पर्खाल निर्माणको विषयमा विवाद हुँदा गोली चलेको प्रहरीले जनाएको छ।

स्थानीय मोहन साहले ट्याक्टर राख्ने पक्की टहरा बनाउने क्रममा छिमेकी वृजेशकुमार पटेलले अवरोध गरेपछि विवाद भएको हो।

विवाद चर्किएपछि मोहन साहका छोरा कुन्दन साहले घरमा राखिएको पेस्तोल निकालेर गोली चलाएका हुन्।

प्रहरीले गोली चलाउने कुन्दन र उनका बुबा मोहन साहलाई पक्राउ गरेको छ।

पर्साका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरका अनुसार कुन्दनलले घरमा राखेको इजाजत प्राप्त १२ बोरको बन्दुक निकालेर गोली चलाएका थिए।

उनले चलाएको गोलीबाट कुनै पनि मानवीय क्षति नभएको प्रहरी उपरीक्षक राठौरले बताए।

घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति: : 2019-08-06 18:51:04

प्रतिकृया दिनुहोस्