मोरङमा अवैध उत्खनन् गरिरहेको जेसिबी र ट्रयाक्टर प्रहरीले समात्यो

बिएल

मोरङको खोलानाला उत्खनन् गर्न असारको पहिलो साताबाट बन्द गरिएपनि केराबारी गाउँपालिकास्थित खदम र चिसाङ खोलाबाट बालुवा र गिट्टी निकाल्दै गरेको जेसिबी र ट्रयाक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

दुवै खोलामा अवैध उत्खनन् गरिएका वस्तु ओसारपसारमा प्रयोग भएको पाइएपछि मंगलबार नियन्त्रणमा लिइएको हो। मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिउजुका अनुसार केराबारी–३ स्थित चिसाङ खोलाबाट अनटेस्ट लेखिएको जेसिबी र केराबारी–७ स्थित खदम खोलाबाट को १ त ५९०९ नम्बरको ट्रयाक्टर नियन्त्रणमा लिइएको हो।

याे पनि पढ्नुहाेला।

लेटाङमा आगलागी, तीन घर जल्दा ५० लाखको क्षति

दुवै साधनका चालक फरार रहेका कारण खोजी थालिएको प्रहरीले बताएको छ। मिक्स गिट्टी उत्खनन् गर्दै गर्दा जेसिबी पक्राउ परेको हो। ढुंगा लोड गरेर लैजाने क्रममा ट्रयाक्टर फेला परेको थियो।

मोरङका खोलानालामा असार १ बाट उत्खनन् बन्द गरिएको छ। डीएसपी खिउजुले नियन्त्रणमा लिएका दुवै साधनमाथि आवश्यक अनुसन्धान सुरु भएको बताए।

याे पनि हेर्नुहाेस।

 

प्रकाशित मिति: : 2019-08-06 14:36:24

प्रतिकृया दिनुहोस्