हिसाब माग्दा वडाध्यक्षका श्रीमानले स्थानीयलाई पिटे, विन्दबासिनी तनावग्रस्त

तस्बिरः बिएल

पर्साको विन्दवासिनी गाउँपालिका-३ झौवागुठीमा बनाईएको इदगाहको खर्च विवरण वडाअध्यक्षसँग स्थानीयले मागेपछि उत्पन्न विवादमा दोहोरो झडप भएको छ।

झडपमा वडाअध्यक्षका श्रीमानले स्थानीयलाई धम्क्याउँदै पिटेका छन्।

विन्दवासिनी गाउँपालिका वडा नम्बर ३ झौवागुठीका वडा अध्यक्ष सलमा खातुनका श्रीमान हनिफ अन्सारीले हिसाव माग गर्ने मकबुल राउत कुर्मीलाई बाँसको भाठाले प्रहार गरेपछि स्थानीय आक्रोशित भएका थिए ।

विन्दवासिनी गाउँपालिका वडा नम्बर ३ झौवागुठीका वडा अध्यक्ष सलमा खातुनका श्रीमान हनिफ अन्सारी

झडपको क्रममा समिन गद्दी, नागिना खातुन, सहरुम राउत गद्दी लगायतका व्यक्तिहरु घाइते भएका छन्।

इदगाह निर्माणका लागि तत्कालिन सांसदका उम्मेदवार हरिनारायण रौनियारले ४ हजार इँटा र ४० वटा तयारी पिलर उपलब्ध गराएका थिए।

घाइते मकबुल राउत कुर्मी

इदगाह निर्माण स्थलमा रहेको ६० हजारमा रुख बेचेको पैसासमेत उपभोक्ता समितिको नाममा वडा अध्यक्ष सलमा खातुनको श्रीमान हनिफ अन्सारीले गाउँपालिकाले दिएको ५ लाख बजेटमा जोडेपछि विवाद भएको थियो।

उपभोक्ता समितिको नाममा इदगाह निर्माणमा २ लाख भन्दा बढीको घोटाला गरेपछि स्थानीयले हिसाव माग गर्दा झडप भएको पीडित सहरूम राउत गद्दीले बताए।

विन्दवासिनी गाउँपालिका वडा नम्बर ३ झौवागुठीका वडा अध्यक्ष सलमा खातुन

झडपपछि अमरपट्टि प्रहरी चौकीले हनिफ अन्सारी र मकबुल राउत गद्दीलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय पर्सामा पठाएको छ ।

हिसाव माग्दा कुटपिट गर्ने हनिफलाई कारबाहीको माग गर्दै सोमबार दिउँसो झौवागुठीबाट जिल्ला प्रहरी कार्यालय आई पुगेका स्थानीयले प्रहरी कार्यालयमा समेत धर्ना दिएका थिए।

प्रकाशित मिति: : 2019-08-05 21:44:30

प्रतिकृया दिनुहोस्