विराटनगर महानगरपालिका–१६ नेपाल वैंक पछाडिको सडकमा एक लागु औषध प्रयोगकर्ताले ब्लेडले आफ्नै घाँटी रेटेर घाइते भएको अवस्थामा प्रहरीले उद्धार गरेको छ।
मोरङको पथरीशनिश्चरे नगरपालिका घर भएका ३१ वर्षीय लक्ष्मण लिम्बू नाम गरेका व्यक्तिलाई घाँटी काटेर सडकमा लडिरहेको अवस्थामा प्रहरीले फेला पारेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिउजुले बताए।
रक्ताम्य अवस्थामा भेटिएका उनलाई प्रहरीले उद्धार गरेर उपचारका लागि कोशी अस्पताल ल्याएको छ।
यो पनि पढ्नुस्
ब्लेडले काटेर घाँटीको अगाडि पट्टीको भागमा गहिरो चोट लागेको र श्वासनलीमा समेत असर परेको उपचारमा संलग्न चिकित्सक डा. प्रज्वल खतिवडाले बताए। सामान्य बोल्न सक्ने अवस्थामा उद्धार गरिएका लिम्बू लागुऔषध प्रयोगकर्ता भएको खुलेको छ। प्रहरीका अनुसार उनी दैनिक जसो भारतको जोगवनी पुगेर लागुऔषध सेवन गर्दै नेपाल फर्कने गर्थे।
सामान्य बोल्न सक्ने अवस्थामा रहेका उनले घरमा बुवा र आमा वृद्ध अवस्थामा रहेका कारण आफूलाई तनाव भएकाले ब्लेडले घाँटी रेटेर आत्महत्याको प्रयास गरेको प्रहरीलाई बताएका छन्। उनको अवस्था गम्भीर छ। डा. खतिवडाले तत्काल घाँटीको शल्यक्रिया गराउनु पर्ने अवस्था रहेको बताए।
याे पनि पढ्नुहाेस।