काठमाडौ । नेपालगन्जबाट काठमाडौं आउँदै गरेको बुद्ध एयरको जहाज भैरहवामा आकस्मिक अवतरण भएको छ।
आइतबार दिउँसो ३ बजेर १० मिनेटमा नेपालगन्ज बिमानस्थलबाट उडेको जहाजमा सवार पूर्व सूचना तथा संचार राज्यमन्त्री तप्त बहादुर बिष्टलाई अचानक हृदयघात भएपछि १५:४५ बजे भैरहवामा आकस्मिक अवतरण गरिएको हो।
पूर्वमन्त्री विष्टलाई उपचारका लागि युनिभर्सल मेडिकल कलेज भैरहवामा लगिएको प्रहरीले जनाएको छ।