प्रहरी थुनामा रहेकालाई छुटाईदिने भन्दै रकम असुली गर्ने पक्राउ

बीएल

प्रहरी थुनामा रहेका ब्याक्तिलाई छुटाईदिने भन्दै रकम असुली गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

ठगी मुद्दामा प्रहरी थुनामा रहेका महोत्तरी गाँउपालिका ३ का प्रविण कुमार लाभलाई छुटाईदिने भन्दै जनकपुरका मोहमद आर्फिनलाई प्रहरीले पक्राउ गरेको हो।

महानगरीय प्रहरी परिसरको टोलीले मोहदलाई बिहीबार काठमाडौंको बानेश्वरबाट पक्राउ गरेको हो। ठगी मुद्दाका आरोपीलाई छुटाईदिने भन्दै मोहमदले आफन्तबाट रकम असुल्दै गरेको अवस्थामा उनलाई पक्राउ गरिएको र आवश्यक अनुसन्धान भईरहेको परिसर काठमाडौंका प्रवक्ता डीएसपी होमेन्द्र बोगटीले बताए।

प्रकाशित मिति: : 2019-08-02 18:51:16

प्रतिकृया दिनुहोस्