काठमाडौंको बालाजुमा मेलम्ची खानेपानी आयोजनाको काम गर्ने २ मदजुरको पाईपभित्र निसासिएर मृत्यु भएको प्रहरीले जनाएको छ।
काठमाडौं महानगरपालीका १६ बालाजु चोक स्थित मेलम्ची खानेपानी आयोजनाको ठुलो पाईप भित्र प्रबेश गरी सफा गर्ने क्रममा शुक्रबार बिहान २ जनाको मृत्यु भएको हो।
मृत्यु हुनेमा सप्तरीका सुरेश साह र विजय साह रहेको महानगरीय प्रहरी आयुक्त कार्यालयका प्रवक्ता एसएसपी श्याम ज्ञावलीले जानारी दिए।