मुआब्जाको विवादमा लगानी गर्न नसकिने

प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल

काठमाडौं । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले मुआब्जाका बखेडा झिक्ने ठाउँमा प्रदेश सरकारले लगानी गर्न नसक्ने बताएका छन्।

भौतिक पूर्वाधार विकास मन्त्रालयका कर्मचारीसँग भएको छलफल कार्यक्रममा भौतिक पूर्वाधारमन्त्रीसमेत रहेका मुख्यमन्त्री पौडेलले तोकिएको समयभित्र काम नगर्ने ठेकेदारलाई कडा जरिवानाको व्यवस्था गरिनुपर्ने बताए।

छिटो काम सक्ने ठेकेदारलाई  भने पुरस्कारको व्यवस्थागर्नुपर्ने उनको भनाइ थियो । पौडेलले ‘मोबिलाइजेसन’ रकम लिएर पनि कतिपय ठेकेदारले काम नगरेको भन्दै त्यस्तो रकमबिनै काम गर्ने नीति ल्याउने विषयमा छलफल भइरहेको बताए।

त्यसो गर्दा उक्त रकम लिएर कतिपय ठेकेदार सम्पर्क बाहिर रहने समस्याको अन्त्य हुने उनको भनाइ थियो ।

“पौडेलले मुआब्जा दिएर प्रदेश सरकारले सडक बनाउन नसक्ने स्पष्ट पार्नुभयो । अवस्था हेरेर अव सरकारले मुवाब्जा दिने हैन लिनुपर्ने अवस्था आउन थालेको छ”, उनले भने।

 सरकारले विभिन्न संरचना निर्माणसँगै विकास प्रक्रिया अगाडि बढ्ने र राज्यले लगानी गरी सडकलगायतका संरचना बनाउँदा व्यक्तिको सम्पत्तिको मूल्याङ्कन बढ्ने हुँदा सोही अनुपातमा राज्यलाई सहयोग गर्नुपर्ने उनले बताए।

कार्यक्रममा प्रदेश ३ का प्रमुख सचिव आनन्दराज ढकाल, प्रदेश नीति तथा योजना आयोगका सदस्य डा रामचन्द्र ढकाल, भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव कौशलकिशोर झालगायत सहभागी थिए।

प्रकाशित मिति: : 2019-07-31 23:51:00

प्रतिकृया दिनुहोस्