झापाका तीन एनसेल टावरमा एकैपटक आक्रमण

सांकेतिक तस्बिर

झापाका तीन स्थानमा रहेका एनसेल टावरमाथि एकैपटक आक्रमण भएको छ।

झापाको दमक, भद्रपुर र कमल गाउँपालिकामा रहेका एनसेल टावरमा अज्ञात समूहले आगजनी गरेको र विस्फोट गराएको छ।

प्रहरीका अनुसार यसअघि पटकपटक नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले एनसेललाई सरकारले करको दायरामा ल्याउन माग गर्दै आक्रमण गर्ने गरेकाले यसपटक पनि सोही पार्टीको संलग्नता रहेको अनुमान प्रहरीले गरेको छ ।

प्रकाशित मिति: : 2019-07-31 00:02:24

प्रतिकृया दिनुहोस्