कक्षा १२ को नतिजा सार्वजनिक, यसरी हेर्नुहोस् नतिजा

तस्बिरः बिएल

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । बोर्डले गत वैशाखमा लिएको परीक्षाको नतिजा आज सार्वजनिक गरेको हो ।

बोर्डले गत वर्षबाटै ग्रेडिङमा नतिजा सार्वजनिक गर्न थालेको हो । यस वर्ष पनि ग्रेडिङमा नतिजा सार्वजनिक गरेको छ । नतिजा अनुसार नियमिततर्फ परीक्षामा सहभागी दुई लाख ९२ हजार १५३ मध्ये ३.६१ देखि ४.०० जिपिएसम्म अङ्क ल्याउने विद्यार्थी जम्मा तीन हजार ६७ रहेको बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्र्माले जानकारी दिनुभयो । उहाँका अनुसार ३.२१ देखि ३.६० जिपिए ल्याउने विद्यार्थीको सङ्ख्या १६ हजार २०४ रहेको छ ।

नतिजा अनुसार सबैभन्दा बढी अर्थात् ८६ हजार २२७ विद्यार्थीले २.०१ देखि २.४० जिपिए ल्याएका छन् भने १.६१ देखि २.०० जिपिए ल्याउने विद्यार्थीको सङ्ख्या ६२ हजार ६१९ तथा २.४१ देखि २.८० जिपिए ल्याउने ५६ हजार ५०३ विद्यार्थी रहेका छन् । त्यस्तै ६२ हजार ६१९ विद्यार्थीले १.६१ देखि २.०० जिपिए, १९ हजार विद्यार्थीले १.२१ देखि १.१६० जिपिए, तीन हजार ५२४ विद्यार्थीले ०.८१ देखि १.२० जिपिए र १३ हजार ३६२ विद्यार्थीले ०.८० भन्दा कम जिपिए ल्याएका छन् ।

परीक्षामा नियमित, ग्रेडवृद्धि र आंशिकतर्फ गरी कूल चार लाख २८ हजार ६७ परीक्षार्थी सहभागी रहेको र ग्रेडिङ पद्दतिअनुसार नौ तहको ग्रेड अनुसार नतिजा सार्वजनिक गरिएको शर्माले बताए।

ग्रेडवृद्धितर्फ ७८ हजार ७४४ परीक्षार्थी परीक्षामा सहभागी थिए । बोर्डले ५७ हजार १७० परीक्षार्थीले आशिंक परीक्षा दिएकामा २३ हजार ९१५ विद्यार्थी उत्तीर्ण भएको जनाएको छ । आंशिकतर्फ ४१.८३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

डिङ पद्दति अनुसार ९ वटा तहको ग्रेड अनुसार बोर्डले नतिजा सार्वजनिक गरेको हो । 

५७ हजार १ सय ७० परीक्षार्थीले आशिंक तर्फ परीक्षा दिएकोमा २३ हजार ९ सय १५ जना मात्र उत्तिर्ण भएका हुन् । बोर्डले गत वर्ष देखि कक्षा १२ को नतिजा ग्रेडिङ पद्धति अनुसार प्रकाशित गर्न थाले पनि आँशिकको भने पुरानै तरिकाले सार्वजनिक गर्दै आएको छ । 

दुई बर्ष अघि सम्म पहिलो चरणमा विज्ञानको मात्रै नतिजा सार्वजनिक गर्ने क्रमलाई अन्त्य गर्दै बोर्डले गत बर्षबाट सबै विषयको नतिजा एकै पटक सार्वजनिक गर्न शुरु गरेको हो । गत बर्षको नतिजा साउन १७ गते सार्वजनिक भएको थियो । यस बर्षको नतिजा सार्वजनिक गर्नु अघि सोमबार दिउँसो बसेको बोर्ड बैठकले नतिजालाई अन्तिम रुप दिने औपचारिक निर्णय गरेको थियो ।  

यसरी हेर्न सकिन्छ नतिजा :

वेबसाइटहरु

राष्ट्रिय परीक्षाको बोर्डको वेबसाइट : www.neb.gov.np

नेपाल टेलिकमको वेबसाइट : www.neb.ntc.net.np 

इयुजोनिक्स एजुकेसन प्रालिको वेबसाइट : www.edusanjal.com

एसएमएसबाट

नेपाल टेलिकमको १६०० मा एसएमएस गर्ने तरिका : NEB लेखेर एक स्पेस दिने र सिम्बाेल नम्बर टाइप गरी १६०० मा एसएमए‍स गर्ने ।

जानकी टेक्नोलोजिको ३५००१ मा एसएमएस गर्ने तरिका : NEB लेखेर एक स्पेस दिने र सिम्बाेल नम्बर टाइप गरी ३५००१ मा एसएमएस गर्ने ।

प्रकाशित मिति: : 2019-07-29 23:38:49

प्रतिकृया दिनुहोस्