निर्मला काण्डका घाइतेको आक्रोश - गृहमन्त्रीले सीमा नाघेर बोले, निर्मला जस्ता अब निर्मला हुने छैनन् (भिडियोसहित)

तस्बिरः देवकी विष्ट / बिएल

काठमाडौं । कञ्चनपुरको भीमदत्त नगरपालिका–२, उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको एक वर्ष पुगेको छ।

वर्ष दिनको अवधिमा निर्मलाको न्यायका लागि सरकारी तवरबाट धेरै प्रयास भएको भनिए पनि उनले न्याय पाउन भने सकेकी छैनन्।

निर्मलाको न्यायका लागि भएको आन्दोलनमा प्रहरीले गोली चलाउँदा घाइते भएकाहरू अहिले पनि राजधानीमा उपचार जारी छ ।

७ भदौको आन्दोलनका क्रममा दायाँ खुट्टामा गोली लागेर घाइते भएका भीमदत्त नगरपालिका–४ का अर्जुन भण्डारा काठमाडौंस्थित शिक्षण अस्पतालमा अझै अचेत अवस्थामा छन्।

एक वर्षदेखि अस्पतालमा रहेका उनको उपचारमा सरकारले वेवास्था गरेपछि समस्या थपिएको अर्जुनकी आमा शिवकला गुनासो गरिन्।

हेर्नुहोस् 

निर्मला पन्त हत्याकाण्डका जिउँदो शहिदको बिचल्लीः ‘न कोही फोन उठाउँछन्, न त घर नै जान सक्छौ’ (भिडियोसहित)

प्रहरीको गोली लागेर घाइते भएका उमेश देउवा पनि अहिले उपचारमै छन्। उनको स्वास्थ्यमा भने क्रमिक सुधार आएको छ। उनलाई अस्पतालबाट डिस्चार्ज गरिसकिएको छ। तर, नियमित फलोअप गराउन आर्थिक अभावका कारण समस्या भोगिरहेका छन्।

चेतन भट्ट, सुरेन्द्र देउवालगायत घाइते पनि नियमित उपचारकै क्रममा अस्पताल धाउँदै आएका छन्। तर आवश्यक उपचार खर्च नहुँदा सम्बन्धित निकाय धाउँदा धाउँदा हैरान भइसकेका छन्।

साउन साउन ११ गते निर्मला घटनाको विरोधका क्रममा घाइते भएका सुरेन्द्र देउवाले बिएल मिडियासँग कुरा गर्दै सरकाप्रति आक्रोशित भएका छन्।

घाइते भएपछि सरकारले उपचार खर्चको आशा मात्रै देखाएको भन्दै उनले पटकपटक निर्मला पन्त बलत्कार पछि हत्याकाण्डका विषयमा सरकारका विवादास्पद भनाइले थप पीडा हुने बताए।

गृहमन्त्रीले हालै मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा वार्षिक प्रगति विवरण सार्वजनिक गर्ने क्रममा उनले भनेका थिए, ‘निर्मला घटनाका प्रकरण यसभन्दा अगाडि पनि थिए, आज पनि छन् र भोलि पनि केही समयसम्म रहन्छन् । यस किसिमका अपराधलाई हामीले पूर्णतः निषेध गर्न सक्दैनौं।’

उनले भनेजस्तै अब निर्मलाहरु मर्ने छैनन् भन्दै देउवाले भने,‘हामी बाऊ हौ , निर्मला जस्ता अब निर्मला हुने छैनन्। गृहमन्त्रीज्यू तपाईं अझै निर्मला हुनेछन् भन्नु भएको छ। तर हामी अब निर्मल हुन दिने छैनौं।’

गृहमन्त्रीले सीमा नाघेर बोलेको भन्दै उनले अगाडि भने, ‘तपाईंलाई एउटा तुच्छ, चरित्रहिन, नग्न व्यक्तिको जस्तो अभिव्यक्ती दिनुभएको छ। तपाईंको पुराना काम जनताले माफ गरिदिए। तर, अब माफ गर्ने छैनन्। नेपाली नारीको अस्मितामाथि बोल्नुभएको छ । तपाइलाई हामी माफ गर्नेछैनौं।’

गतवर्ष साउन १० गते कञ्चनपुरको भीमदत्त नगरपालिका १८ निम्बुखेडास्थित उखुबारीमा बलात्कारपछि हत्या गरिएको अवस्थामा निर्मलाको शव फेला परेको थियो। उक्त प्रकरणमा प्रहरीले अनुसन्धान निष्कर्षमा पुर्‍याउन नसकेको तथ्य बचाउ गर्दै बोलेका थिए।

प्रकाशित मिति: : 2019-07-26 15:12:38

प्रतिकृया दिनुहोस्