गत साउन १ गते बुटवलमा बुद्धको मुर्ति तोडफोड गर्नेलाई पक्राउ गर्न नसकेको भन्दै स्थानीयबासी आन्दोलित भएका छन्।
मूर्ति तोडफोड गर्नेलाई कारबाही नभएको भन्दै बिहीबार चितवनमा स्थानीयले विरोध जनाएका हुन्।
बौद्ध धर्मसँग सम्बन्धित विभिन्न धार्मिक संघसंस्थाहरुले बिहीबार भरतपुरमा विरोध प्रदर्शन गरेका हुन्।
प्रदर्शनकारीले प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ज्ञापन पत्र पनि बुझाएका छन्।
प्रदर्शनकारीले नेपालमा शान्ति नचाहने तत्वहरुले बुद्धको मूर्ति तोडफोड गरेको भन्दै विरोध गरेका थिए।
नेपालको धार्मिक सहिष्णुतामाथि प्रहार गर्ने मान्छे कुनै पनि जातिसमुदायको भन्दा अपराधी मानसिकता बोकेकोले तुरुन्त कारबाही गर्नुपर्ने धार्मिक गुरूहरूले माग गरेका छन्।