गोरखामा १२ किलो सुन फेला

तस्बिरः एजेन्सी

गोरखाको धार्चेगाउँपालिका-३ खोर्लाबेशीबाट प्रहरीले ओढारमा लुकाएर राखेको १२ किलो सुन फेला पारेको छ।

चुमनुब्री गाउँपालिका हुल्चुकका ब्यापारी धनकमल गुरूङले ओढारमा ढुंगा मुनि लुकाएर राखेको १२ ढिक्का (१२किलोग्राम) सुन बिहिबार प्रहरीले बरामद गरेको हो।

प्रहरी प्रवक्ता डिआइजी विश्वराज पोखरेलका अनुसार ओढारमा लुकाएको सुन बरामद भएको हो।

प्रहरीका अनुसार असार ११ देखि हराइरहेका गुरूङलाई खोजीगर्ने सुन फेला परेका हो।

खच्चडलाई सुन बोकाएर गोरखाको उत्तरी सीमानाबाट धार्चे गाउँपालिकाको माछाखोलातर्फ आउँदै गर्दा लुटेरा समूहले आक्रमण गरेको थियो। त्यसपछि धनकमल सम्पर्क विहीन भएका थिए।

उनलाई आक्रमण गर्न खोज्ने ४ जना भने पक्राउ परेका थिए।

पक्राउ परेकाहरुले धनकमलले सुन ल्याएको प्रहरी समक्ष बताएका थिए।

त्यसपछि खोजी गरेको प्रहरीले धनकमललाई बुधबार काठमाडौंबाट पक्राउ गरेकोहो।

प्रकाशित मिति: : 2019-07-25 13:34:05

प्रतिकृया दिनुहोस्