गुल्मीमा पहिरोमा पुरिएर ६ जनाको मृत्यु भएको छ भने ५ बेपत्ता भएका छन्।
जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार सोमबार राति सत्यवती गाउँपालिकाको वडा नं ४ का दुई स्थानमा पहिरो गएको हो।
पहिरोमा पुरिएर स्थानीय २५ वर्षीया पम्फा विक, २५ वर्षीया निर्मला विक, १२ वर्षीया अञ्जली विक, १० वर्षीय हेमन्त विकको मृत्यु भएको छ।
३ वर्षीय सुमन विक, ७ वर्षीय तारा विक, ७ वर्षकै सिमनी विक, ६० वर्षीया छलि विक र नाम खुल्न नसकेकी १ बालिका वेपत्ता छन् । सत्यवती गाउँपालिका ३ ठूलो लुम्पेकका लेख बहादुर तरामुको घर पनि गएराती खसेको पहिरोले पुरिंदा २ जनाको मृत्यु भएको छ ।
३४ वर्षीया तिला तरामु र उनका ९ वर्षीय छोरा दर्शनको मृत्यु भएको हो ।
तिलाका छोरीहरु १३ वर्षीया धनि र १० वर्षीया सरिश्मालाई भने प्रहरीले उद्धार गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरिक्षक दिपक कुमार बस्नेतले जानकारी दिए। उनीहरुको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ।
पहिरोले पुरेर ६ जनाको मृत्यु भएको र ९ वेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। पहिरोमा पुरिएर मृत्यु भएका वडा नम्वर ४ का २५ वर्षीय पम्फा विक र छली विक, त्यस्तै वडा नम्वर ३ का ३४ वर्षीय तिलाकुमार त्रासु र उनका ९ वर्षीय छोरा दर्श त्रासुको सनाखत भएको छ।
पहिरोमा पुरिएर वेपत्ता भएकाहरुको खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ।