माछा मार्ने क्रममा मोरङको पथरीशनिश्चरे नगरपालिका–२ मा एक महिलाको मृत्यु भएको छ । ५५ वर्षीय तिलमाया लिम्बूको खोल्सामा डुबेर शुक्रबार मृत्यु भएको हो।
इलाका प्रहरी कार्यालय पथरीका डीएसपी लक्ष्मीराज अधिकारीका अनुसार बल्छी हानेर माछा मार्ने क्रममा चिप्लिएर खोल्सामा खसेकी तिलमायालाई आफन्तले मृत अवस्थामा फेला पारेका हुन्। डुबेर मृत्यु भएको अवस्थामा महिलाको शव देखेपछि स्थानीय र आफन्तले प्रहरीलाई खवर गरेका थिए ।
प्रहरीका अनुसार मृत फेला परेकी महिला यस अघि पनि बल्छी हानेर माछा मार्ने काम गर्थिन् । घटनास्थलबाट तिलमायाले माछा मार्नका लागि लिएर गएको बल्छी फेला परेको र घटनाका बारेमा अनुसन्धान सुरु गरिएको डीएसपी अधिकारीले बताए ।