प्रदेश १ सरकारले प्रदेशका १४ वटै जिल्लामा मंगलबारबाट युवा विद्यार्थी लक्षित ‘म अघि बढ्छु’ कार्यक्रम सञ्चालनमा ल्याएको छ ।
‘आजका किशोर किशोरी देशका कर्णधार, यिनीहरुको सक्षमता नै समृद्धिको आधार’ भन्ने कार्यक्रमको मूल नाराका साथ सञ्चालन गरिएको कार्यक्रम विराटनगरमा भने मुख्यमन्त्री शेरधन राईले शुभारम्भ गरे । उनले ‘म अघि बढ्छु, सगरमाथा टिन्स क्लब’ लेखिएको ब्याज विद्यार्थीलाई लगाई दिएर कार्यक्रमको उद्घाटन गरे। कार्यक्रम घोषणा हुँदै गर्दा प्रदेशभरिका १ सय ४० विद्यालयका १५ हजार विद्यार्थीमाझ क्लब गठन भएको जानकारी गराइयो ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयले निक्कै महत्व दिएर सञ्चालनमा ल्याएको कार्यक्रममा बोल्दै मुख्यमन्त्री राईले स्वास्थ्य, सुरक्षित समाज र समृद्ध प्रदेश निर्माणमा यस कार्यक्रमले सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
किशोर अवस्थामा सबैलाई सकारात्मक सोंचको विकास गराउन कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ । राईले युवामा सकारात्मक परिवर्तन ल्याउन सके समृद्ध र समुन्नत समाज निर्माण हुने बताए ।
किशोर अवस्थामा प्रवेश गरेका कक्षा ९ देखि १२ सम्म अध्ययन गर्ने १३ देखि १९ वर्ष उमेर समूहका विद्यार्थीलाई लक्षित गरेर कार्यक्रम सञ्चालन गरिएको प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले बताए ।
उनका अनुसार यस कार्यक्रमले विद्यार्थीलाई सक्षम, सवल, जिम्मेवार, चरित्रवान, नैतिकवान, सकारात्मक, सुसंस्कृति तथा उत्तरदायी बनाएर क्षमतामूलक समाज निर्माणमा सहयोग पु¥याउने अपेक्षा गरिएको छ ।
यसले खास गरेर किशोर किशोरीहरुलाई कुलत र दुव्र्यसन मुक्त बनाई सकारात्मक र सृजनशिल बनाउने उनको भनाइ छ । कार्कीका अनुसार कार्यक्रममार्फत प्रत्येक विद्यालयहरुमा ‘सगरमाथा टिन्स क्लब’ गठन गरी त्यसमार्फत इमान्दार, कर्तव्यनिष्ठ र सृजनशिल नागरिक उत्पादन गर्ने र समाजलाई गतिशिल र उन्नत बनाउने अभियान चलाइने छ ।
उनका अनुसार सामाजिक अपराध नियन्त्रण गर्ने, किशोर किशोरीलाई दुव्र्यसनमुक्त गराउने, प्रदेशमा असल नागरिक उत्पादन गर्ने, दिगो विकासमा सहयोग पु¥याउने जनशक्ति तयार गर्ने र गलत क्रियाकलापको अन्त्य गर्ने यस कार्यक्रमको मुख्य उदेश्य हो । कार्कीले १३ देखि १९ वर्ष उमेर समूहकामा लागुऔषध दुव्र्यसनको डर लाग्दो अवस्था रहेको पनि बताए । २०६८ को जनगणना अनुसार प्रदेश १ को जनसंख्याको करिब ११ प्रतिशत १३–१९ वर्ष उमेर समूहका छन् । यो उमेर समूहकाले कूल लागुऔषध प्रयोगकर्ताको २० प्रतिशत हिस्सा ओगटेको सरकारको तथ्याँक छ ।
प्रदेश १ मा यस कार्यक्रमबाट दुई हजार विद्यालयका दुई लाख विद्यार्थी लाभान्वित हुने अपेक्षा सरकारको छ । कार्यक्रम अनुसार प्रदेशका सबै माध्यमिक विद्यालयमा साताको एक दिन एक पिरियड नैतिक शिक्षा सम्बन्धी कक्षा सञ्चालन पनि हुने बताइएको छ ।