भूमे गाउँपालिकालाई सहयोग र सहकार्य गर्ने २६ जना पुरस्कृत

तस्बिरः बिएल

रुकुम पूर्व । रुकुम पूर्व भूमे गाउँपालिकाले गाउँपालिकाको विकास र समृद्धिमा योगदान गरेको भन्दै विभिन्न क्षेका २६ जनालाई सम्मान गरेको छ। 

गाउँपालिकालाई सहयोग र सहकार्य गर्ने र गाउँपालिकामा उत्कृष्ट योगदान पुर्याउने बिभिन्न क्षेत्रका २६ जना व्यक्तिलाई लाई सम्मान तथा पुरस्कृत गरेको हो।

पालिकालाई शिक्षा, भाषा, संस्कृति संरक्षण पत्रकारिता तथा सरकारी सेवा प्रवाह क्षेत्रमा योगदान पुर्याएकालाई आर्थिक वर्ष २०७५/०७६ को सम्मान तथा पुरस्कृत कार्यक्रम पालिकाले व्यवस्था गरेको अनुसार उक्त कार्यक्रम गरिएको बताइएको छ ।

कदर पत्र सहित प्रतिव्यक्ति नगत ५/५ हजार रुपैयाँले सम्मान स्वरुप प्रदान गरिएको हो। विद्यालय तथा शिक्षा क्षेत्रमा १० जना शिक्षक, भाषा, संस्कृति संरक्षण तथा पत्रकारिता क्षेत्रका १२ ना पत्रकार र सेवा प्रवाह राष्ट्र सेवक कर्मचारी ४ जना गरी २६ जना सम्मान तथा पुरस्कृत भएका हुन्।

गाउँपालिकामा योगदान पुर्याएको व्यक्तिलाई छनोट गरिएकोमा आगामी वर्षमा पनि निरन्तर सम्मान तथा पुरस्कृत कार्यक्रम गरिराख्ने गाउँपालिकाका अध्यक्ष रामसुर बुढा मगरले बताए ।

‘विकास निर्माण तथा सेवा सुविधा प्रर्वाहमा महत्वपूर्ण भुमिका खेल्ने व्यक्तित्वलाई उहाँहरुको इमान्दारीता र लगनशिलतालाई सम्मान गरिएको हो’ उनले भने, ‘कुनै आफ्नो जिम्मेवारी राम्रो संग बहन नगर्ने व्यक्तिलाई कार्वाही समेत गरिएको छ’ । सम्मानित हुने व्यक्तित्वले सम्मानसँगै आगामी दिनमा आफ्ना जिम्मेवारी थप भएको बताउदै यस कार्यक्रमले विकासमा ठूलो सहयोग पुग्ने बताएका छन्।

प्रकाशित मिति: : 2019-07-17 15:30:30

प्रतिकृया दिनुहोस्