दाङ गढवा गाउँपालिकाको बोधिपुर गाउँका बाढीपीडितलाई उद्धार गर्न खटिएको प्रहरी टोली । नियमित बर्षाले दाङको देउखुरी क्षेत्र जलमग्न बनेको छ । तस्वीर– दीपक बोहरा
टीकापुर नगरपालिका–५ शाहीपुरमा निर्माण गरिएको तटबन्ध कर्णाली नदीको बाढीले बगाएको छ ।
दुई दिनदेखिको वर्षाका कारण कर्णालीमा पानीको सतह बढेको छ । रानी जमरा, कुलरिया सिँचाइ आयोजनाले निर्माण गरेको शाहीपुरको तटबन्ध बाढीले भत्काएको हो ।
आयोजनाले निर्माण गरेको ११ मिटर चौडाइ तथा ३० मिटर लम्बाइ रहेको सो तटबन्धमध्ये झण्डै दुई मिटर भत्काएको वडा नम्बर ५ का वडाध्यक्ष रामशङ्कर डगौराले जानकारी दिए।
“पानीको बहाब बढ्दै गएपछि लगातार कटान भइरहेको छ”, उनले बताए। बाढीका कारण टीकापुर नगरपालिका–५ शाहीपुर, सिम्रेनी, वडा नम्बर ६ को नारायणपुर, वडा नम्बर ७ को सत्ती, वडा नम्बर ८ को धनसिंहपुर क्षेत्र प्रभावित बनेको छ । तटबन्ध भत्किएपछि टीकापुरका सयौँ घर डुबानमा पर्ने स्थिति छ । आयोजनाले पाँच वर्षअघि शाहीपुर क्षेत्रमा तटबन्ध बनाएको हो ।