भारत र नेपालको सीमामा रहेको कोशी नदी उच्च जोखिममा पुगेको छ। शनिबार कोशीको पानीको सतह २ लाख ६४ हजार क्युशेकभन्दा माथि मापन गरिएपछि भारतले ५६ मध्ये ३४ ढोका खुला गरेको छ।
मौसम पूर्वानुमान शाखाले अझ दुई दिन पानी पर्ने भविष्यवाणी गरेपछि भारत र नेपाल दुवै पक्षका अधिकारीहरू बसेर स्थितिलाई कसरी नियन्त्रणमा ल्याउने भनेर वार्तामा बसेका छन्।
कोशीमा बढेको पानी यस वर्षको सबैभन्दा उच्च हो। स्थानीय प्रशासनले सर्वसाधारणलाई सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ।