नेपालका १२ राजमार्ग बर्षाका कारण अवरुद्ध

बिएल

विगत तीन दिनदेखि परिरहेको बर्षाका कारण १२ वटा राजमार्ग अवरुद्ध भएको गृह मन्त्रालयले जानकारी दिएको छ।

मन्त्रालयले शनिबार सार्वजनिक गरेको विज्ञप्ती अनुसार काभ्रेमा बीपी राजमार्ग, पूर्व–पश्चिम राजमार्ग, सुनसरी रामधुनी ६ स्थित राजमार्ग, धनकुटा–पाख्रिबास राजमार्ग, उदयपुर–रौतामाई राजमार्ग, खोटाङ–हलेसी–तुवाचुङ राजमार्ग, ओखलढुङ्गा–मनेभञ्याङ राजमार्ग, सिन्धुली–गोलजोर, रामेछाप–मन्थली, ललितपुरबाट हैटौडा राजमार्ग, लम्जुङ–मनाङ र बेनि–मुस्ताङ राजमार्ग अवरुद्ध भएका छन्।

मन्त्रालयले सामाजिक सञ्जालमार्फत यात्रुहरूलाई जानकारी पनि दिएको छ। मन्त्रालयले अवरुद्ध भएका राजमार्ग खुलाउन सुरक्षाकर्मीहरू प्रयासरत रहेको पनि बताएको छ।

प्रकाशित मिति: : 2019-07-13 13:48:30

प्रतिकृया दिनुहोस्