...................
काठमाडौः हाम्रो गाँउ घरमा एउटा उखान छ ‘लोभले लाभ, लाभले विलाभ’।
रमिता न्यौपाने (नाम परिवर्तन) लाई त्यस्तै भएको छ।
नवलपरासी घर भएका २८ वर्षीय रौनराज अर्यालसँग रमिताको भेट हुन्छ।
रौनकले आफू पाइलट भएको विदेशको आइडी रहेको र ठमेलमा घर भएको भन्दै रमितालाई आफ्नो बहसमा पार्छन्।
मध्यम परिवारकी रमिता विस्तारै राजसँग नजिकिन्छिन्।
पाइलट त्यसमा पनि विदेशको आइडी कार्ड रमिताको सपना चुलिदै जान्छ।
राजले रमितालाई विवाह गर्ने आश्वासन दिएको हुन्छ।
२० वर्षिय रमिताले राजसँग विवाहको कुरा घरमा चलाउँछिन्। घरमा परिवारले नमाने पनि प्रेममा परेकी रमिताले राजसँग विवाह नगरि नछाड्ने ढिपी गर्छिन्। छोरीको ढिपीको अगाडि बाबु आमाको के लाग्छ र?
दुई जनाको विवाहको सम्पूर्ण तयारी हुन्छ।
यस्तैमा एक दिन राजले विभिन्न बहाना बनाएर रमिताको परिवारसँग ३५ लाख रूपैयाँ आवश्यक परेको भन्दै लिन्छन्।
छोरीको खुसीको लागि भन्दै उनीहरूले राजलाई पैसा दिन्छन्। तर पैसा पाउनासाथ राज एकाएक गायव हुन्छन्।
ठमेलमा घर र विदेशको आइडी भएको केटा भेट्दा आफूसँग भएको ३५ लाख रूपैयाँ दिएपछि केटा सम्पर्क बिहिन हुँदा उनको होसहवास नै गुमेको छ।
पछि राज ठगीका नटरवलाल भएको खुल्छ।
रम्मिता मात्र होइन उनी जस्तै ४० जना भन्दा बढी राजको ठगीको शिकार बनेका छन्। ३ जना युवतीले महानगरीय प्रहरी परिसर काठमाडौंमा उजुरी दिएपछि राज पक्राउ परेका छन्।
विवाह गर्ने भन्दै रमितासँग ३५ लाख रूपैयाँ लिएको प्रहरी अनुसन्धानमा खुलेको छ।
‘धेरै केटीलाई यसरी नै ठगी गर्ने गरेको देखियो। नक्कली डाक्टर, पाइलट र हाइप्रोफाइल देखाएर लुटेका रहेछन्’, परिसरका डिएसपी होविन्द्र बोगटीले भने।
उनका अनुसार राजले यसैगरी धेरैलाई ठगी गरेको खुलेको छ। युवती फसाउन र रकम असुल्न राजले यसलाई ब्यावसायिक धन्दा नै बनाएको प्रहरी अनुसन्धानबाट खुलेको छ।
४० भन्दा बढी सिम कार्ड
प्रहरी नियन्त्रणमा रहेका राजको साथबाट प्रहरीले ४० वटा भन्दा बढी सिमकार्ड फेला पारेको छ।
‘उनले फरक-फरक सिम कार्डबाट फरक फरक युवतीलाई सम्पर्क गर्ने गरेको देखियो। एउटै समयमा धेरै केटीलाई जालमा पार्ने सिमको दुरुपयोग गरेको पाइएको छ,’ डिएसपी बोगटीले बिएल नेपालीसँग भने।
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार राजको टार्गेटमा टिनेजर युवति धेरै पर्ने गरेको पाइएको छ। उनले सबै युवतीलाई तिमीहरू काँचो माटो हौं। जस्तो आकार दियो त्यस्तै हुन्छ। मसँग विवाह गरे भविष्य राम्रो हुन्छ भन्दै फकाएर जालमा पार्ने गरेको खुलेको हो।