विराटनगर महानगरपालिकामा पनि डेंगुको संक्रमण देखिएको छ। विराटनगर महानगरपालिका भित्र २ जनामा डेंगुको संक्रमण देखिएको विराटनगर महानगरपालिका स्वास्थ्य शाखा प्रमुख लजिता योञ्जनले जानकारी दिईन ।
उनका अनुशार विराटनगरको वडा नम्बर १ पुष्पलाल चौक घर भएका र अर्का वडा नम्बर ३ मा घर भएका व्यक्तिलाई डेंगु को संक्रमण पुष्टि भएको हो ।
डेंगु संक्रमितको नोबेल र विराट नर्सिङ होममा उपचार भैरहेको छ । यस्तै मोरङको बेलबारी, पथरी, रंगेली र सुन्दरहरैचाहामा पनि डेगुका सक्रमित भेटिएका छन्।
योञ्जनले विराटनगर महानगरपालिका भित्र डेंगु देखिएपछि सचेतनाका साथ विज्ञ सहितको टोलीले डेगु पहिचान गर्ने र नियन्त्रण गर्ने अभियान सुरु गरिएको जानकारी दिईन्।
धरानमा डेङ्गु सङ्क्रमित ८९ थपिए
धरानमा आजसम्ममा एक हजार चार सय व्यक्तिको रगत परीक्षण गर्दा ४५७ डेङ्गु सङ्क्रमित देखिएका छन्। सोमबार ३६८ जना सङ्क्रमित रहेका थिए। आज एक दिनमा ८९ बिमारी थपिएका छन्।
यहाँस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुगेर आज सुनसरी क्षेत्र नं १ का सांसद जयकुमार राईले अस्पताल प्रशासन र चिकित्सकहरूसँग छलफल गरेका छन्। छलफलमा प्रतिष्ठानका उपकुलपति प्रा डा राजकुमार रौनियार, अस्पताल निर्देशक डा गौरीशंकर साह, अस्पतालका सहायक निर्देशक डा विकास साह, र्यापिड रेस्पोन्स टिमका संयोजक डा विजयकुमार खनाल, डा नारायण भट्टराई, सांसद राई, नेकपाका सुनसरी सचिव रमेश बस्नेतलगायत थिए।
प्रतिष्ठानमा डेङ्गुसम्बन्धीका विज्ञ चिकित्सक भएकाले उपचारमा कुनै समस्या नभएको उपकुलपति प्रा डा रौनियारले जानकारी गराए।
डेङ्गुको सेरोटाइपिङ(प्रकार) छुट्याउने मेसिन सहयोगका लागि अस्पतालको पहलमा अमेरिकाको एक युनिभर्सिटीलाई पत्राचार गरिएको प्रतिष्ठानले जनाएको छ।
डेङ्गुको जिवाणु पत्ता लगाउन ल्याब टेष्टका लागि किट कम आउने गरेकाले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखालाई सांसद राईले यसअघि नै प्रयाप्त किट पठाउन र आवश्क किट रिजर्भ राख्न सुझाएका थिए।
अस्पतालका सहायक निर्देशक डा साहले धरान उपमहानगरलाई डेङ्गुको महामारी क्षेत्र घोषणा गर्न आग्रह गरे