नेपाल स्काउटका प्रथम सगरमाथा आरोही युवा अनिश लुइँटेलले विश्व स्काउट जम्बोरीमा नेपालको झण्डा फहराउने भएका छन्।
लुइँटेलले नेपालको संविधान, नेपाली झण्डा र विश्व स्काउटको जम्बोरीको झण्डालाई विश्वकै सर्वोच्च शिखरमा पुर्याएका थिए । त्यहाँबाट फर्काएर ल्याइएको झण्डा विश्वभरिका स्टाउटर भेला हुने समारोहमा लुइँटेलले फहराउन लागेका हुन्।
अमेरिकाको वेस्ट भर्जिनियामा हुने २४ औं समारोहको उद्घाटन सत्रमा नेपाल र जेम्बोरीको झण्डा आयोजकलाई हस्तान्तरण गर्ने लुइँटेलले बताए । कार्यक्रमले शान्तिको सन्देश दिन र नेपालको नामलाई विश्वमा चिनाउन मद्दत गर्ने उनले विश्वास व्यक्त गरे ।
पहिलो पटक २० चैत ०७२ मा सगरमाथा चढ्ने उनको प्रयास असफल भएको थियो । भूकम्पका कारण उनी क्याम्प २ बाट फर्किएका थिए ।
पछि पुनः ७ जेठ ०७३ मा उनी सगरमाथाको चुचुरोमा पुग्न सफल भएका थिए । पहिलो पटक नेपालबाट शिखर चुमेका उनले १ जेठ ०७५ चीनतर्फबाट पुनः सफल आरोहण गरेका थिए ।