जापानमा ‘ह्यासट्याग कूटू’ अभियान शुरु भएको छ । जापानी अभिनेत्री तथा स्वतन्त्र लेखिका युमी इशिकावाले सुरू गरेको यो अभियान ‘ह्यासट्याग मीटू’ जस्तै लैंगिक विभेदविरूद्धको अभियान हो।
ह्यासट्याग कूटू नाम जापानी शब्द कुत्सु र कुत्सूबाट लिइएको हो । जसको अर्थ क्रमशः जुत्ता र पीडा हुन्छ ।
युमीले संसारभरि नै लैंगिक भेदभावका विरुद्ध मुद्दा उठाइरहेको मीटूबाट प्रेरित भएर स्यान्डिलसँग भएको भेदभावका विरुद्ध कूटू अभियान शुरु गरेको बताएकी छिन्।
उनले यस अभियानलाई कानूनी लडाइँमा बदल्ने कदमस्वरू अफिसहरूमा महिलालाई ‘हाई हील’ अनिवार्य लगाउनुपर्ने नियम बनाएकाहरू विरुद्ध श्रम मन्त्रालयमा एक उजूरी दिएकी छन् ।
उजूरीमा दबाब दिने रोजगारदाताहरूलाई कारबाहीको माग गरिएको छ ।
यो अभियानको गम्भीरतालाई मनन गरी जापानी श्रम मन्त्रालय कानूनी रूपमा नै रोजगारदाताको मनोमानीलाई रोक्न कानून बनाउने प्रक्रियामा रहेको बताइएको छ ।