कोका कोलाले २५० एमएलको जिग्री प्याक सार्वजनिक गरेको छ। नयाँ प्रविधिकको प्रयोग गरी जिग्री प्याक बजारमा ल्याएको कम्पनीको दावी छ।
बोटलर्स नेपाल लिमिटेडले स्टेट अफ आर्ट प्रविधिमा लगानी गरेपछि नेपाल विश्वभरमै यस क्षमतामा तेस्रो देश भएको कम्पनीले जनाएको छ।
जिग्री प्याक उपभोक्तामैत्रीसँगै वातावरण मैत्री तथा अल्ट्रा लाइट बोटल भएको र अन्य पीइटी बोतलजस्तै यो रिसाइकल पनि हो।
कोकाकोलाले हलुका, पुनःशिलबन्दी गर्न मिल्ने लाइटवेट तथा नफुट्ने बोतलमा पेय पदार्थ प्रदान गर्न यो प्रविधिको प्रयोग गरेको हो। यसको अवधि ६ महिनासम्म रहेको पनि जनाएको छ।
कोकाकोलाका कन्ट्री डाइरेक्टर अम्बुज सिंहले ग्राहकका लागि कोका-कोला, स्प्राइट र फान्टाको उपयुक्त प्याक ल्याउन पाउँदा अत्यन्तै खुसी भएको बताएका छन्। ।
जिग्री प्याकले नयाँ प्रविधिमार्फत एकसाथ ग्लास बोतल र पीइटी बोतलको लाभ एउटै प्याकमा प्रदान गर्न सकिने उनले बताए।
बोटलर्स नेपाल लिमिटेडका म्यानेजिङ डिरेक्टर प्रदीप पाण्डेले नयाँ प्रविधिमार्फत उपभोक्तालाई सेवा दिन पाउँदा खुसी लागेको बताए।
ग्राहको माग र आवश्यता अनुसार यस्तै प्रोडक ल्याइने समेत उनले बताए।