विषादीका कारण भारतबाट आउने तरकारीको आयात न्यून

बिएल

विषादीको कारण सरकारले बिना जाँच आयात गर्न नदिएपछि विराटनगर भन्सार नाका भएर तरकारी न्यून परिमाणमा आयात हुन थालेको छ।

विराटनगर भन्सार नाकाबाट मात्रै गत आर्थिक वर्षमा भारतबाट ३९ करोड ५५ लाख ५३ हजार मूल्य बराबरको तरकारी आयात भएको छ।

विषादीको कारण सरकारले बिना जाँच तरकारी आयात गर्न नदिएपछि विराटनगर भन्सार नाका भएर न्युन परिमाणमा आयात हुन थालेको हो। विराटनगर भन्सारले उपलब्ध गराएको तथ्यांक अनुसार सो नाका भएर गत आर्थिक वर्षमा आलु, प्याज, खुर्सानी, सुकेको लसुन, विभिन्न खाले हरियो तरकारी, केराउ, बोडी, चना, दाल, कागती आदि आयात भएको थियो।

याे पनि पढ्नुहाेस।

सामूहिक बलात्कारमा मिलापत्र गराउने १० अगुवा तीन सातादेखि फरार, प्रहरी निरिह (भिडियाेसहित)

बावु भेट्न जेल गएकी पूर्व प्रधानमन्त्रीकी छोरी जेल परिषरबाटै पक्राउ

 

११ लाख ८८ हजार किलोग्राम दाल मात्रै आयात भएको थियो। त्यस्तै फलफुल पनि ३८ करोड ९ लाख ६५ हजार मुल्य बराबरको आयात भएको थियो। फलफूलमा नरिबल, सुपारी, आँप, लिच्ची, अनार, तरबुजा, स्याउआदि आयात भन्सार कार्यालयका सूचना अधिकारी मनिराम पौडेलले जानकारी दिए।

उनका अनुसार फलफूल र तरकारी आयातबाट राज्यलाई १० करोड ७९ लाख २० हजार राजस्व प्राप्त भएको छ। विराटनगरमा विषादी जाँच गर्ने सुविधा भएपनि विषादी जाँच गर्न व्यापारीलाई अहिलेपनि झापाको विर्तामोड पुग्नु पर्ने बाध्यता छ।

याे पनि पढ्नुहाेस।

किन बढ्दै छ कतारमा विप्लव माओवादीको आकर्षण? (भिडियो सहित)

 

 

प्रकाशित मिति: : 2019-08-08 23:30:22

प्रतिकृया दिनुहोस्