आन्दोलन चर्काउन विप्लव माओवादीको देशब्यापी तयारी तिव्र, प्रहरीलाई हाईअलर्टमा रहन मुख्यालयको परिपत्र

तस्बिरः बिएल

प्रहरीलाई हाईअलर्टमा रहन मुख्यालयको परिपत्र

सरकारद्धारा प्रतिबन्धित विप्लव नेतृत्वको माओवादीले आन्दोलन चर्काउन देशैभर प्रशीक्षण सुरू गरेपछि प्रहरी प्रधान कार्यालयले सुरक्षा सतर्कता बढाउन देशैभरका प्रहरी युनीटलाई परिपत्र जारी गरेको छ।

बिहिबार बिहान १ बजे दाङबाट पक्राउ परेका २१ केन्द्रीय नेता र उनीहरुबाट बरामद कागजपत्र अनुसार उक्त समूहले देशैभर आन्दोलन चर्काउन विभिन्न कार्यक्रम सुरू गरेको खुलेपछि प्रहरी प्रधान कार्यालयले देशैभरका प्रहरी कार्यालयलाई हाईअलटमा रहन निर्देशन दिँदै परिपत्र जारी गरेको हो।

स्रोतका अनुसार गएको असोज २४–गते विप्लवकै सहभागितामा बसेको केन्द्रीय समितको बैठकले ६ महिने संघर्षको कार्यक्रमको तय गरेको थियो।

बैठकले ३ महिनासम्म देशैभर प्रशिक्षण, सैन्य तालिम, संगठन विस्तार, सदस्यता विस्तार तथा जिम्मेवारी बाँडफाँड र परिचालन गर्ने निर्णय गरेको थियो।

पहिलो चरणको ३ महिने अभियानपछि बाँकी ३ महिनामा देशैभर बिरोध प्रर्दशन, भौतिक कारबाहीलगाएतका कार्यक्रम गर्ने समय परिस्थिति अनुकुल जस्तोसुकै परिस्थितिको पनि सामना गर्ने निर्णय गरेको एक माओवादीका केन्द्रीय नेताले ब्रेकएण्डलिंङ्स्लाई बताए।

उनका अनुसार सो बैठकको निर्णयको कार्यान्वयन गर्ने क्रममा मध्यपश्चिम कमाण्ड दाङमा ब्यूरोको बैठक बसेको थियो। सो बैठक बसैकै बेला प्रहरीले सबै नेतालाई एकै ठाउँबाट पक्राउ गर्न सफल भएको हो।

'पार्टी केन्द्रीय समितिको निणर्य अनुसार ब्यूरो, क्षेत्र, जिल्ला हुँदै गाउँसम्म प्रशीक्षण दिदै रिपोटिङ गर्ने कार्यक्रम थियो। सोही कार्यक्रम अन्तर्गत दाङमा बैठक बसेको हो', ती नेताले भने।

उनका अनुसार त्यसैगरी देशैभर अहिले पार्टी ब्यूरोको प्रशीक्षण जारी छ।

प्रहरी स्रोतका अनुसार पक्राउ परेका नेताबाट केही महत्वपूर्ण कागजपत्र र भाबी रणनीति फेला परेको छ। सोही रणनीतिकै आधारमा प्रहरीले पनि बिप्लव समूहका नेता तथा कार्यकर्ताको पिछा थालेको छ।

पछिल्लो समय सो पार्टीले आफ्ना सैन्यको परिचय लुकाउन केही कोर्ड भाषा प्रयोग गर्ने समेत गरेको खुलेको छ।

भ्याली इन्चार्ज फेरिए

गएको महिना विप्लव समूहका काठमाडौं उपत्यका इन्चार्ज नविन विश्वकर्मा पक्राउ परेपछि रिक्त पदमा पार्टी केन्द्रीय समितिको बैठकले चिरन पुनलाई राखेको छ।

विप्लव माओवादीले काठमाडौं, भक्तपुर, ललितपुर, नुवाकोट, दादिङ र सिन्धुपाल्चोकलाई भ्यालीका रुपमा बिभाजन गरेको छ।

स्रोतका अनुसार नवीन विश्वकर्मा पक्राउपछि पक्राउ पर्ने डरले उपत्यका छाडेका बिप्लवका कार्यकर्ता तथा नेताहरु पुनः राजधानी छिरेका छन्।

त्यसैगरी विप्लव माओवादीले आफ्नो पार्टीका केन्द्रीय सदस्य तथा मध्यपश्चिम कमान्ड इन्चार्ज वीरजन्जसहित दुई दर्जन नेता तथा कार्यकर्ताहरू पक्राउ परेको विरोधमा विरोधमा देशभर चरणबद्ध संघर्षको कार्यक्रम घोषणा गरेको छ ।

कार्यक्रम अनुसार कात्तिक ३ गते (आज) जुलुस र प्रदर्शन, कात्तिक ५ गते कोणसभा र पिँढीसभा, कात्तिक ७ गते ओलीको पुत्ला दहन, कात्तिक ९ गते विरोध प्रदर्शन, कात्तिक १५ गते मसाल जुलुस र कात्तिक १७ गते आइतबार बिहान १० बजेदेखि ११ बजेसम्म चक्काजाम गर्ने कार्यक्रम सार्वजानिक गरेको छ।

प्रकाशित मिति: : 2019-10-21 17:25:37

प्रतिकृया दिनुहोस्