उपनिर्वाचन हुने ठाउँहरुबाट ३/३ जना उम्मेदवारहरुको सिफारिस गर्न राजपाको निर्देशन

फाइल तस्बिर

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले उपनिर्वाचन हुने ठाउँहरुबाट ३/३ जना उम्मेदवारहरुको सिफारिस गर्न निर्देशन दिएको छ ।

संयोजक महन्थ ठाकुरले जिल्ला संयोजकहरुलाई पत्र लेख्दै आगामी मंसीर १४ गते प्रतिनिधी र प्रदेशसभा तथा स्थानीय तहको विभिन्न पदको लागि हुने उप निर्वाचनका लागि ३/३ वटा सम्भावित उम्मेदवारको नाम चयन गर्न निर्देशन दिएका हुन् ।

उक्त पत्रमा कात्तिक १३ गते अपरान्ह ५ बजेसम्म अनिवार्य रुपमा राजपाको केन्द्रीय कार्यालयमा उम्मेदवारको नाम पठाउन निर्देशन दिइएको छ ।

प्रकाशित मिति: : 2019-10-20 18:02:30

प्रतिकृया दिनुहोस्