मन्त्रिपरिषद बैठकअघि ओलीसँग देउवा दम्पतीको भेट

Break n Links
Break n Links

प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा दम्पतीबीच भेटवार्ता भएको छ।

बिहीबार साँझ मन्त्रिपरिषद बैठकअघि बालुवाटार पुगेर ओलीसँग सभापति देउवा र परराष्ट्रमन्त्री डा. आरजू राणा देउवाले छलफल गरेका हुन्।

भेटमा समसामयिक राजनीतिक विषयबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। स्रोतका अनुसार उनीहरूबीच राष्ट्र बैंकमा नयाँ गभर्नर नियुक्तिबारे पनि छलफल भएको छ।

भेटवार्तामा उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक, र प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार अग्नि खरेल पनि सहभागी थिए।

प्रकाशित मिति: : 2025-05-08 20:19:00

प्रतिकृया दिनुहोस्