एनआरएनएको नेतृत्वको चयनका लागि घरघरबाटै मतदान गर्ने व्यवस्था गर्ने नवनिर्वाचित अध्यक्षको घोषणा (भिडियोसहित)

बिएल

गैर आवासीय नेपाली संघ (एनआरएनए) का नवनिर्वाचित अध्यक्ष कुमार पन्तले सरकारसँग भएको समझदारीअनुसार नेपालमा १० अर्ब रुपैयाँ लगानी भित्र्याउन आफू लागीपर्ने बताएका छन् ।

शुक्रबार अध्यक्ष पदमा निर्वाचित भएपछि सञ्चारकर्मी र समर्थकमाझ प्रतिक्रिया जनाउँदै अध्यक्ष पन्तले १० अर्ब लगानी भित्र्याउने प्रतिबद्धता पूरा गर्ने जनाए ।

नवनिर्वाचित अध्यक्ष पन्तले दक्ष कामदार मात्रै विदेश पठाउने सरकारको अभियानमा सक्दो सहयोग गर्ने पनि बताए । उनले एनआरएनएको नेतृत्वको चयनका लागि घरघरबाटै मतदान गर्ने व्यवस्था गर्ने घोषणा पनि गरे ।

एनआरएनएका सदस्यहरुको हितका लागि ‘श्रमिक कल्याणकारी कोष’लाई तेब्बर बनाउने पनि उनले बताए ।पन्तले निर्वाचनका बेला आफूले निःशुल्क सदस्यता वितरण गर्ने प्रतिवद्धता गरेको उल्लेख गर्दै त्यसलाई पूरा गने अठोट पनि गरे ।

आफ्नो जित सबै एनआरएनएको भन्दै पन्तले निर्वाचनमा पराजित सबैलाई एकताबद्ध गरेर लैजाने प्रतिबद्धता व्यक्त गरे । एनआरएनएलाई राजनीतिकरण गर्न खोजिएकोमा भन्दै त्यसबाट मुक्त गराउने उनको भनाइ थियो ।

प्रकाशित मिति: : 2019-10-18 15:53:22

प्रतिकृया दिनुहोस्