एनआरएनको नयाँ नेतृत्वका लागि मतदान सुरु,सुरक्षा व्यवस्था कडा

बिएल

गैर आवासीय नेपाली संघ (एनआरएन) को ९ औं विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनको मतदान सुरु भएको छ।

साँझ ५ बजे सुरु हुने भनिएको मतदान प्रक्रिया ३ घण्टापछि ८ बजेबाट सुरु भएको हो ।मतदाताले ३ घण्टासम्म भोट हाल्न नदिएको भन्दै २० हजार फिर्ता माग्दै नाराबाजी लगाएका थिए ।

आक्रोशित भीडले मतदान स्थाल बहिरको केही टेबल कुर्सी फुटाएका थिए । मतदान प्रक्रिया सुरु भएसँगै मतदान स्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

 मतदान स्थलमा मोबाइल फोन लैजान निषेध गरिएको छ । एनआरएनएको अध्यक्ष पदका लागि कुमार पन्त र कुल आचार्यले मनोनयन दर्ता गराएका छन् ।

 विश्व सम्मेलनमा विभिन्न देशबाट २५ सय प्रतिनिधिको सहभागिता छ ।

प्रकाशित मिति: : 2019-10-16 21:07:49

प्रतिकृया दिनुहोस्