राष्ट्रपतिबाट सम्पादन हुने काम उपराष्ट्रपतिबाट

बिएल

राष्ट्रपति विद्यादेवी भण्डारी म्यानमारको राजकीय भ्रमणका निस्किएपछि उनीबाट सम्पादन हुने कामको जिम्मेवारी उपराष्ट्रपतिलाई तोकिएको छ ।

राष्ट्रपतिको अनुपस्थितिमा राष्ट्रपतिबाट सम्पादन हुने काम उपराष्ट्रपतिबाट सम्पादन गरिने गरी जिम्मेवारी तोकिएको हो ।

नेपालको संविधानको धारा ६७ को उपधारा ९२० बमोजिम राष्ट्रपति भण्डारीले आफ्नो अनुपस्थितिमा उपराष्ट्रपति नन्दबहादुर पुनबाट सम्पादन हुनेगरी जिम्मेवारी तोकेकी हुन् ।

प्रकाशित मिति: : 2019-10-16 17:54:34

प्रतिकृया दिनुहोस्