बुद्ध एयर काउण्टरमा तोडफोड प्रकरण: राजपाद्वारा सांसद साहको रिहाइको माग

फाइल तस्बिर

राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)का अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुरले सांसद प्रमोद साहको रिहाइको माग गरेका छन् ।

मंगलबार एक विज्ञप्ति जारी गर्दै सांसद साहको रिहाइको माग गरेका हुन् । साथै एयरलाइन्सको सेवा प्रभावकारी, भरपर्दो र नियमित बनाई जनताको चासो सम्बोधन गर्न पनि सो पार्टीले माग गरेको छ ।

बुद्ध एयरको जहाज घण्टौसम्म नआउँदा छटपटाई रहेको विरामीको पिडा हेर्न नसकेर बुद्ध एयरको काउण्टरमा सोधपुछ गर्न जाँदा समान्य रुपमा आक्रोशित भएको घटनालाई अतिरञ्जित बनाई सांसद साहलाई पक्राउ गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

उनले एयरलाइन्सको सेवा प्रभावकारी, भरपर्दो र नियमित बनाई जनताको चासो सम्बोधन गर्न पनि सो विज्ञप्ति मार्फत माग गरेको छन् ।

साहले विमानस्थलमा तोडफोड गरेको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरण जनकपुर कार्यालयले मंगलबार जिल्ला प्रहरी कार्यालय धनुसामा उजुरी दर्ता गराएको थियो।

विमानस्थलमा तोडफोड गरेको उजुरी परेपछि प्रहरीलाई अदालतले पक्राउको लागि अनुमति दिएको थियो।

सांसद साहलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको हो।

प्रकाशित मिति: : 2019-10-15 18:00:09

प्रतिकृया दिनुहोस्