राष्ट्रपति सिको भ्रमणमा सुरक्षा योजना सफल, काठमाडौं आएका सुरक्षाकर्मी फर्किए

तस्बिरः बिएल

राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा नेपाल भ्रमणमा आएका चिनीयाँ राष्ट्रपति सी चीन फिङको सुरक्षाका लागि खटेका प्रहरी आ-आफ्नो कार्यक्षेत्रमा फर्किएका छन्।

राष्ट्रपति सीको राजकीय भ्रमणका बेला सुरक्षाका लागि प्रहरीले प्रदेश तथा उपत्यका बाहिरबाट झिकाइएका २ हजारभन्दा बढी प्रहरी कर्मचारी सम्वन्धीत कार्य क्षेत्रमा फर्किएका हुन्।

राष्ट्रपति सीको राजकीय भ्रमण सुरक्षा कार्ययोजनाअनुसार विभिन्न प्रदेश तथा रिर्जभ फोर्समा रहेका प्रहरीलाई काठमाडौं ल्याइएको थियो।

यसैबीच चिनीयाँ राष्ट्रपति सी चीन फिङको सुरक्षा ब्यवस्था मजबुद भएकै कारण कुनै पनि घटना हुन नपाएको प्रहरी अधिकारीको दाबी छ।

सी भ्रमणका बेला हुनसक्ने सुरक्षा चुनौतीलाई अध्यन गरी गृहमन्त्री राबहादुर थापा बादलले सुरक्षा प्रमुखसँग नियमीत रूपमा समन्वय गर्दै आएका थिए।

‘सुरक्षा चुनौतिलाई अध्यन गरी मन्त्री थापाले सुरक्षामा कुनै पनि कमी आउन नदिने खालका योजना बनाएर सुरक्षा प्रदान गरेका कारण राष्ट्रपति सीको भ्रमणमा कुनै बाधा नआएको हो’, एक सुरक्षा अधिकारीले भने।

सरकारले सी को विशेष सुरक्षा कार्ययोजनाअनुसार सेना, प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र निजामती कर्मचारीलाई परिचालन गरेको थियो।

सीको सुरक्षामा चारै सुरक्षा निकाय र कर्मचारी गरी करिब १६ हजार जनशक्ति तैनाथ गरिएको थियो। प्रहरीबाट मात्रै ८ हजार ५ सय जनाभन्दा बढी खटिएका थिए ।

त्यसैगरी सीको भ्रमणका क्रममा चीन विरोधी गतिविधिमा संलग्न हुने आशंकामा नियन्त्रणमा लिएका २ दर्जन बढी तिब्वेतीयन शणरार्थी लगाएतका ब्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

नियन्त्रणमा लिएकालाई सोधपुछ गरी आइतबार साँझ रिहा गरिएको महानगरीय प्रहरी आयुक्त कार्यालयका प्रमुख डीआईजी शैलेश थापा क्षेत्रीले जानकारी दिए।

चिनियाँ राष्ट्रपतिको भ्रमणको समयमा विभिन्न सुरक्षा चुनौती तेर्सिएका थिए।

त्यसरी देखापरेका सुरक्षा चुनौती र सुरक्षा खतरालाई सामना गर्न सुरक्षा निकाएले विषेश सुरक्षा योजना बनाएर लागू गरेका थिए।

सी नेपालको दुईदिने राजकीय भ्रमण पूरा गरी आइतबार स्वदेश फिर्ता भइसकेका छन् । उनको सम्पूर्ण सुरक्षा व्यवस्थापनको नेतृत्व सेनाले लिएको थियो । सैनिक प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले सीको सुरक्षामा १५ हजारभन्दा बढी जनशक्ति खटिएको जानकारी दिए।

विश्वको पहिलो आर्थिक शक्ति राष्ट्र बन्ने होडमा रहेको उत्तरी छिमेकी मुलुक चीनका राष्ट्राध्यक्षबाट नेपाल भ्रमण हुनु आफैंमा ऐतिहासिक छ। विगत २३ वर्षदेखि चीनबाट राष्ट्रप्रमुखस्तरको भ्रमण भएको छैन। निसन्देह यस भ्रमणले विश्वसामु नै महत्वपूर्ण सन्देश प्रवाह गर्ने छ।

विश्वकै शक्तिशाली नेताले छिमेकी मुलुक नेपाललाई दिएको महत्त्व र उनको सुरक्षा व्यवस्थाले आगामी वर्ष नेपालले मनाउन लागेको भिजिट नेपाल २०२० मा नेपाल सुरक्षित छ भनेर विश्वमा चिनाउनुसमेत रहेको सुरक्षा स्रोतले जानकारी दिएको छ।

‘सीको नेपाल भ्रमण आफैमा ऐतिहासिक, सफलतम् र लाभकारी हुने नै छ। प्रथमतः सीको भ्रमण विश्वसामु नेपालको शान उच्चो गर्ने एउटा ऐतिहासिक उपलब्धि भएको छ। उनको सुरक्षामा नेपाल प्रहरीले देखाएको चुस्तता र नेपाल साच्चीकै शान्त र सुरक्षित मुलुक भएको सन्देश समेत यो भ्रमणले दिएको छ’, एक उच्च सुरक्षा अधिकारीले भने।

नेपाल भ्रमणमा आउने चिनियाँ पर्यटकको संख्या अनुसार चीन दोस्रो पर्यटक आउने मुलुक हो। सीको यस भ्रमणपछि नेपालप्रति आमचिनियाँको विश्वास सोझै बढ्ने छ र नेपाल थाहा नपाएका चिनियाँले पनि नेपालबारे सीको भ्रमणसँगसँगै विभिन्न चिनियाँ मिडियाबाट धेरै जानकारी पाउने छन्।

चिनीयाँसहित विश्वका अधिकांश मुलुकका जनताले नेपाल चिन्ने छन्, नेपाल भ्रमण गर्ने छन्। भ्रमण वर्ष २०२० नजिकिँदै गर्दा नेपालको सुरक्षा स्थिति देखेर विभिन्न देशका पर्यटक नेपाल भ्रमणमा लालायीत हुनेछन्।

प्रकाशित मिति: : 2019-10-14 09:46:53

प्रतिकृया दिनुहोस्