बलात्कार काण्डमा महराविरुद्ध किटानी जाहेरी दर्ता, आइतबार प्रहरीले अनुसन्धान अगाडि बढाउने

बिएल
बलात्कार काण्डमा मुछिएका पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध किटानी जाहेरी परेकाे छ। संसद सचिवालयमा उनीसँगै काम गर्ने राेशनी शाहीले शुक्रबार महानगरीय प्रहरी बृत्त, तीनकुनेमा महराविरुद्ध किटानी जाहेरी दिएकी छिन्। गत आइतबार भएकाे घटनामा हालसम्म प्रहरीले कार्यवाही प्रक्रिया अगाडि नबढाएकाे भन्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रियरुपमा नेपाल सरकारकाे आलाेचना भइरहेकाे थियाे। 
 
प्रहरीले घटनाकाे ५ दिनपछि महरालाई पक्राउ गरेर अनुसन्धान गर्ने कदम अगाडि बढाएकाे हाे। शनिवार छुट्टि परेका कारण आइतबार अदालतबाट पक्राउ आदेश लिएर प्रहरीले अनुसन्धानका लागि महरालाई नियन्त्रणमा लिन सक्ने एक उच्च प्रहरी अधिकृतले बिएल नेपाली सेवालाई जानकारी दिए। 
उनले भने–आइतबार कानुनी प्रक्रिया पुरा भए अनुसन्धानका लागि नियन्त्रणमा लिन हामीलाई गाह्राे हुने छैन।  
 
उच्च श्राेतका अनुसार महरालाई अनुसन्धानकाे दायरामा ल्याउने सम्बन्धमा शुक्रबार गृह मन्त्री रामबहादुर थापा, नेपाल प्रहरी आइजी सर्वेन्द्र खनाल, काठमाडाै‌ महानगरीय बृत्त प्रमुखलगायतकाे मिटिङ बसेकाे थियाे। 
 
प्रहरी संगठनका प्रमुखहरुले अनुसन्धान नगर्दा अन्तर्राष्ट्रियस्तरमै संस्थाकाे गरिमा धुमिलाे हुने र सरकारकाे विषयमा पनि राम्राे म्यासेज नजाने भनेपछि गृह मन्त्रीले निष्पक्ष छानवीन गर्न आदेश दिएकाे बताइएकाे छ।
 
 
महराकाे बलात्कार काण्ड बाहिरिएपछि गत साेमबार नै उनले पदबाट राजीनामा गरेका थिए। राेशनीले राती भएकाे घटनाकाे बिहानै तीनकुने प्रहरीलाई जानकारी दिएकी थिइन। तर, याे काण्डमा महराकाे नाम अगाडि आएपछि नेपाल प्रहरी माैन बसेकाे थियाे। नेपालकाे कानुन अनुसार पीडित महिलाले जाहेरी दिएकै आधारमा पनि अभियुक्तलाई छानवीनका लागि प्रहरीले बाेलाउन सक्छ। 
 
उजुरी पर्दासमेत पीडित महिलालाई प्रहरीले राम्राे सुरक्षा दिन सकेकाे थिएन। त्यसैले उनले दाेस्राे दिन आफ्नाे बयान फेरेकी थिइन।  
 
 
 
प्रकाशित मिति: : 2019-10-05 14:23:07

प्रतिकृया दिनुहोस्