कांग्रेसमा गच्छदार समूहलाई ११ केन्द्रीय सदस्य, महाधिवेशन प्रतिनिधिदेखि नगर-वडा यसरी टुङ्ग्याइयो

फाइल तस्बिर

नेपाली कांग्रेसले पार्टी एकतामा आएको तत्कालीन नेपाल लोकतान्त्रिक फोरमको सांगठनिक संरचना समायोजन टुंगो लगाएको छ । उपसभापति विमलेन्द्र निधि नेतृत्वको समितिले तयार पारेको प्रस्तावलाई शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकले अनुमोदन गरेको छ ।

निर्णयअनुसार विजयकुमार गच्छदार नेतृत्वको तत्कालीन लोकतान्त्रिक फोरमले ११ जना केन्द्रीय सदस्य पाउनेछ । गच्छदार समूहले २०० जना महासमिति सदस्य र १४८ जना पर्यवेक्षक यसअघि नै पाइसकेको छ । अब २५२ महाधिवेशन प्रतिनिधि पाउनेछ ।

पार्टीका विभाग गठन गर्दा सहमतिका आधारमा गर्ने र प्रदेश कार्यसमितिको गठन गर्दा समायोजनको प्रस्तावलाई ध्यानमा राखी सहमतिका आधारमा प्रदेश कार्यसमितिका सदस्य समावेश गर्ने कांग्रेसको निर्णय छ । यस्तै १३ जिल्लामा उपसभापति पाउने भएको छ ।

तर, क्रियाशील सदस्यताको हकमा अझै पनि समायोजन समितिले टुंगो लगाउन सकेको छैन। 

गच्छदारको पार्टीलाई यसरी गरियो समायोजन

१) केन्द्रीय कार्यसमिति सदस्य – ११ जना

२) केन्द्रीय कार्यसम्पादन समिति

(क) पार्टीले केन्द्रीय कार्यसम्पादन समितिको गठन गर्दा समायोजनको प्रस्तावलाई समेत ध्यानमा राखी सहमतीका आधारमा समावेश गर्ने ।

३)महासमिति सदस्य

(क) महासमितिको बैठकमा सहभागी २०० जना महासमिति सदस्य (१४८ जना पर्यवेक्षक)

४) महाधिवेशन प्रतिनिधि

(क) महासमितिको बैठकमा सहभागी २०० जना महासमिति सदस्य–महाधिवेशन प्रतिनिधि ।

(ख) महासमितिको बैठकमा पर्यवेक्षकको रुपमा सहभागी १४८ जना महाधिवेशन प्रतिनिधि ।

(ग) थप निर्णय भएका महाधिवेशन प्रतिनिधि २५२ जना ।

५) केन्द्रीय विभाग

(क) पार्टीले केन्द्रीय विभागको गठन गर्दा समायोजनको प्रस्ताव समेतलाई ध्यानमा राखी सहमतिको आधारमा समावेश गर्ने ।

६) प्रदेश कार्यसमिति

(क) पार्टीले प्रदेश कार्यसमितिको गठन गर्दा समायोजनको प्रस्तावलाई ध्यानमा राखी सहमतिका आधारमा प्रदेश कार्यसमितिका सदस्य समावेश गर्ने ।

७) जिल्ला कार्यसमिति

(क) मोरङ्ग जिल्ला कार्यसमितिमा उपसभापति १, सहसचिव १ र सदस्य १५ जना
(ख) सुनसरी जिल्ला कार्यसमितिमा उपसभापति १, सहसचिव १ र सदस्य ११ जना
(ग) कैलाली जिल्ला कार्यसमितिमा उपसभापति १, सहसचिव १ र सदस्य ११ जना
(घ) बर्दिया जिल्ला कार्यसमितिमा उपसभापति १, सहसचिव १ र सदस्य ५ जना
(ङ) सप्तरी जिल्ला कार्यसमितिमा उपसभापति १, सह–सचिव १ र सदस्य ५ जना
(च) सर्लाही, दाङ्ग, पर्सा र काभ्रे जिल्ला कार्यसमितिमा उपसभापति १/१ र सदस्य ७/७ जना
(छ) झापा र रुपन्देही जिल्ला कार्यसमितिमा उपसभापति १/१ र सदस्य ५/५ जना
(ज) वारा र बाँके जिल्ला कार्यसमितिमा उप–सभापति १/१ र सदस्य ३/३ जना
(झ) ओखलढुंगा, सिरहा, धनुषा, रौतहट, चितवन, कपिलवस्तु र कंचनपुर जिल्ला कार्यसमितिमा सहसचिव १/१ र सदस्य ३/३ जना
काठमाण्डौ र पश्चिम नवलपरासीको हकमा आवश्यक परामर्श गरी निर्णय गर्ने
(ञ) उदयपुर र महोत्तरी जिल्ला कार्यसमितिमा सह–सचिव १/१ र सदस्य २/२ जना
तत्कालीन नेपाल लोकतान्त्रिक फोरमबाट जिल्ला कार्यसमितिको पदाधिकारी र सदस्यमा नाम सिफारिस गर्दा जिल्लाभित्रका प्रतिनिधि सभा निर्वाचन क्षेत्र र भौगोलिक वनावटलाई समेत समेट्ने गरी नाम छनौट गर्नु पर्नेछ ।
(ट) अन्य जिल्लामा जिल्ला कार्यसमितिको बैठकको निर्णयबाट तत्कालीन नेपाल लोकतान्त्रिक फोरमको महत्वपूर्ण कुनै सदस्यलाई जिल्ला कार्यसमितिमा सदस्य/आमन्त्रित गर्न सक्ने ।

८) प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति

(क) तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका १००० भन्दा बढी क्रियाशील सदस्य रहेका प्रतिनिधि सभा निर्वाचन क्षेत्रीय कार्यसमितिमा उपसभापति, सह–सचिव र सदस्य ८ जना । सुनसरी क्षेत्र नं। ३ को हकमा सदस्य संख्या ९ रहने ।

(ख) तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका ७०० भन्दा बढी र १००० भन्दा कम क्रियाशील सदस्य रहेका प्रतिनिधि सभा निर्वाचन क्षेत्रीय कार्यसमितिमा उपसभापति १, सह–सचिव १ र सदस्य ५ जना ।

(ग) तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका ७०० भन्दा कम र ३०० भन्दा बढी क्रियाशील सदस्य रहेका प्रतिनिधि सभा निर्वाचन क्षेत्रीय कार्यसमितिमा उपसभापति १ र सदस्य ३ जना ।

(घ) तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका ३०० भन्दा कम र १०० भन्दा बढी क्रियाशील सदस्य रहेका प्रतिनिधि सभा निर्वाचन क्षेत्रीय कार्यसमितिमा सहसचिव १ र सदस्य २ जना ।
(ङ) तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका १०० भन्दा कम क्रियाशील सदस्य रहेको प्रतिनिधि सभा निर्वाचन क्षेत्रको कुनै महत्वपूर्ण सदस्यलाई क्षेत्रीय कार्यसमितिको बैठकको निर्णयबाट क्षेत्रीय कार्यसमितिको बैठकमा सदस्य÷ आमन्त्रित गर्न सक्ने ।

९) प्रदेश सभा क्षेत्रीय कार्यसमिति

(क) वुँदा नं. ८ बमोजिम तत्कालीन नेपाल लोकतान्त्रिक फोरमबाट समायोजन भएका प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिका पदाधिकारी र सदस्य सम्बन्धित प्रतिनिधि सभा निर्वाचन क्षेत्र अन्तर्गत जुन प्रदेश सभा निर्वाचन क्षेत्रमा आफ्नो क्रियाशील सदस्यता रहेको छ, सोही प्रदेश सभा क्षेत्रीय कार्यसमितिको पदाधिकारी र सदस्य हुने ।

तर, सुनसरी जिल्ला प्रदेश सभा क्षेत्रीय कार्यसमितिको सभापतिको हकमा जिल्लामा भएको सहमती अनुसार हुने ।

१०) नगर/उपमहानगर/महानगर कार्यसमिति

(क) तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका ३०० भन्दा बढी क्रियाशील सदस्य रहेको नगर/उपमहानगर/महानगर कार्यसमितिमा उपसभापति १, सह–सचिव १ र जिल्ला कार्यसमिति र सम्बन्धित प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिको निर्णय र सहमतिमा सदस्य संख्या तोक्ने ।

(ख) तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका ३०० भन्दा कम र १०० भन्दा बढी क्रियाशील सदस्य रहेको नगर/उपमहानगर/महानगर कार्यसमितिमा सहसचिव १ र जिल्ला कार्यसमिति र सम्बन्धित प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिको निर्णय र सहमतिमा सदस्य संख्या तोक्ने ।

(ग) तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका १०० भन्दा कम क्रियाशील सदस्य रहेको नगर÷उपमहानगर÷महानगर पालिकाको क्षेत्रभित्रको कुनै महत्वपूर्ण सदस्यलाई नगर/उपमहानगर/महानगर कार्यसमितिको निर्णयबाट सो कार्यसमितिको बैठकमा आमन्त्रण गर्न सक्ने ।

११) गाउँ कार्यसमिति

(क) तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका २०० वा सो भन्दा बढी क्रियाशील सदस्य रहेको गाउँ कार्यसमितिमा उपसभापति १, सह–सचिव १ र प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति र सम्बन्धित गाउँ कार्यसमितिको निर्णय र सहमतिमा सदस्य संख्या तोक्ने ।

(ख) तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका २०० भन्दा कम र १०० भन्दा बढी क्रियाशील सदस्य रहेको गाउँ कार्यसमितिमा सहसचिव १ र प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति र सम्बन्धित गाउँ कार्यसमितिको निर्णय र सहमतिमा सदस्य संख्या तोक्ने ।

(ग) तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका १०० भन्दा कम क्रियाशील सदस्य रहेको गाउँ कार्यसमितिको क्षेत्रभित्रको कुनै महत्वपूर्ण सदस्यलाई गाउँ कार्यसमितिको निर्णयबाट सो कार्यसमितिको बैठकमा सदस्य/आमन्त्रित गर्न सक्ने ।

१२) नगर/वडा गाउँ कार्यसमिति

(क) तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका १०० भन्दा बढी क्रियाशील सदस्य रहेको नगर÷गाउँ वडा कार्यसमितिमा उपसभापति १, प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति र सम्बन्धित नगर÷गाउँ कार्यसमितिको निर्णय र सहमतिमा पदाधिकारी र सदस्य संख्या तोक्ने ।

(ख) तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका १०० भन्दा कम, ५० भन्दा बढी क्रियाशील सदस्य रहेको नगर÷गाउँ वडा कार्यसमितिमा सहसचिव १ र प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति र सम्बन्धित नगर/गाउँ कार्यसमितिको निर्णय र सहमतिमा सदस्य संख्या तोक्ने ।

(ग) तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका ५० भन्दा कम क्रियाशील सदस्य रहेको नगर÷गाउँ वडा कार्यसमिति क्षेत्रभित्रको कुनै महत्वपूर्ण सदस्यलाई नगर÷गाउँ वडा कार्यसमितिको बैठकको निर्णयबाट उक्त कार्यसमितिको बैठकमा सदस्य/आमन्त्रित गर्न सक्ने ।

१३) सहमति भए अनुसारका पार्टीका विभिन्न तहमा समायोजित नामावली पार्टीको आधिकारिक प्रेस विज्ञप्ति मार्फत जानकारी गराईनेछ ।

१४) तत्कालीन नेपाल लोकतान्त्रिक फोरमबाट समायोजनका लागि प्राप्त नाममा कुनै कैफियत देखिएमा त्यस्तो नाम हटाउन सकिनेछ ।

१५) भ्रातृ संघ एवं शुभेच्छुक संस्था: भ्रातृ संघको केन्द्र र प्रदेश तहको समायोजनको हकमा पार्टीको केन्द्रीय कार्यसमितिले र जिल्ला, प्रतिनिधि सभा क्षेत्र, प्रदेश सभा क्षेत्र, नगर गाउँ कार्यसमितिको समायोजनको हकमा सम्बन्धित भ्रातृ संघको केन्द्रीय कार्यसमितिले निर्णय गरे बमोजिम हुनेछ । शुभेच्छुक संस्थाको समायोजनका लागि सम्बन्धित शुभेच्छुक संस्थाहरुसंग पार्टीले समन्वय गर्नेछ ।

१६) तत्कालीन नेपाल लोकतान्त्रिक फोरमबाट केन्द्रमा प्राप्त भई जिल्लामा पठाइएका क्रियाशील सदस्यता छानवीन र अद्यावधि गरी जिल्लाबाट केन्द्रमा प्राप्त भएपछि अन्तिम निर्णय गर्ने । यस सम्बन्धमा ५१ वटै जिल्लालाई छानविन र अद्यावधि गरी शिघ्रातिशिघ्र क्रियाशील सदस्यताको नामावलीको सूची अनिवार्य रुपमा केन्द्रमा पठाउन पुनः निर्देश गर्ने ।

 

 

प्रकाशित मिति: : 2019-09-27 22:07:27

प्रतिकृया दिनुहोस्