
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
बिएल संवाददाता
नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै सयौँ युवाबाट अर्बाैँ रकम ठगी गर्ने गिरोहमाथि प्रहरीले अनुसन्धान पूरा गरेको छ।
प्रहरीले नेपाल सरकारका पूर्वमन्त्री र पूर्वगृहसचिवसहित १६ जनालाई पक्राउ गरी दुई महिना लगाएर गरेको अनुसन्धान प्रतिवेदन सोमबार काठमाडौँ जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ। प्रतिवेदनमा अहिले पक्राउ परेका १६ र फरार सूचीमा रहेको ३ सहित ३२ जनालाई मुद्दा चलाउन प्रहरीले सिफारिस गरेको छ।
अनुसन्धान प्रतिवेदनमा पक्राउ परेका १६ जना र फरार अन्य १६ जनाविरुद्ध ठगी, सम्पत्ति शुद्धिकरण, संगठित अपराध, राष्ट्रिय हितविपरीतको कसुरमा मुद्दा चलाउने निर्णय गरेको प्रहरीले जनाएको छ।
जसमध्ये रायमाझी, खाँण, टेकनारायण पाण्डे र इन्द्रजित राईसहित सार्वजनिक पद धारण गरेका व्यक्तिहरुलाई भ्रष्टाचार मुद्दा पनि चलाउनुपर्ने प्रहरीको निष्कर्ष छ।
यस प्रकरणमा एमाले सचिव (निलम्बित) एवम् पूर्व उपप्रधान तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझी, काँग्रेस नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाँण, पूर्व सांसद आङटावा शेर्पा, पूर्व गृहसचिव टेकनारायण पाण्डे, एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’का तत्कालीन सुरक्षा सल्लाहकार इन्द्रजित राई, हज समितिका अध्यक्ष शमशेर मियाँ, भुटानी शरणार्थीका नेता टेकनाथ रिजाल, टोपबहादुरका छोरा सन्दीप रायमाझी, नरेन्द्र केसी, गिरोहका नाइके केशव दुलाल, सानु भण्डारी, टंक गुरुङ, सन्देश शर्मा, सागर राई, रामशरण केसी र गोबिन्द चौधरी गरी १६ जना आरोपितलाई पक्राउ गरेर अनुसन्धान थालेको थियो।
यस प्रकरणमा पक्राउ पुर्जी जारी भएका बादलका छोरा प्रतीक थापा र इन्द्रजितका छोरा निरज राई फरार छन्।
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया