क्रान्तिको नाममा लुट, देशको नाममा धोका
बिएल संवाददाता
नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै सयौँ युवाबाट अर्बाैँ रकम ठगी गर्ने गिरोहमाथि प्रहरीले अनुसन्धान पूरा गरेको छ।
प्रहरीले नेपाल सरकारका पूर्वमन्त्री र पूर्वगृहसचिवसहित १६ जनालाई पक्राउ गरी दुई महिना लगाएर गरेको अनुसन्धान प्रतिवेदन सोमबार काठमाडौँ जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ। प्रतिवेदनमा अहिले पक्राउ परेका १६ र फरार सूचीमा रहेको ३ सहित ३२ जनालाई मुद्दा चलाउन प्रहरीले सिफारिस गरेको छ।
अनुसन्धान प्रतिवेदनमा पक्राउ परेका १६ जना र फरार अन्य १६ जनाविरुद्ध ठगी, सम्पत्ति शुद्धिकरण, संगठित अपराध, राष्ट्रिय हितविपरीतको कसुरमा मुद्दा चलाउने निर्णय गरेको प्रहरीले जनाएको छ।
जसमध्ये रायमाझी, खाँण, टेकनारायण पाण्डे र इन्द्रजित राईसहित सार्वजनिक पद धारण गरेका व्यक्तिहरुलाई भ्रष्टाचार मुद्दा पनि चलाउनुपर्ने प्रहरीको निष्कर्ष छ।
यस प्रकरणमा एमाले सचिव (निलम्बित) एवम् पूर्व उपप्रधान तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझी, काँग्रेस नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाँण, पूर्व सांसद आङटावा शेर्पा, पूर्व गृहसचिव टेकनारायण पाण्डे, एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’का तत्कालीन सुरक्षा सल्लाहकार इन्द्रजित राई, हज समितिका अध्यक्ष शमशेर मियाँ, भुटानी शरणार्थीका नेता टेकनाथ रिजाल, टोपबहादुरका छोरा सन्दीप रायमाझी, नरेन्द्र केसी, गिरोहका नाइके केशव दुलाल, सानु भण्डारी, टंक गुरुङ, सन्देश शर्मा, सागर राई, रामशरण केसी र गोबिन्द चौधरी गरी १६ जना आरोपितलाई पक्राउ गरेर अनुसन्धान थालेको थियो।
यस प्रकरणमा पक्राउ पुर्जी जारी भएका बादलका छोरा प्रतीक थापा र इन्द्रजितका छोरा निरज राई फरार छन्।
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
इतिहास फेरिन्छ– जब जनताको चेतनाले ‘नयाँ अध्याय’ लेख्छ
सच्चिएनन् पुराना दल, बरू भए सक्किन तयार
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
रापिएको ‘रविमण्डल’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया